सिजुओका/जापान। ।सिजुओका प्रिफेक्चरको हामामाचु नगरमा भारी वर्षाका कारण सहर हुँदै बग्ने आन्मा खोलाको पानीको बहाव बढ्दै गएकाले ९ गते राति १० बजेर ५५ मिनेटमा नाका वडा, हिगासी वडा, मिनामी वडा र हामाकिता वडाका ५१ हजार ३३० घरधुरी का १ लाख २७ हजार १०४ जनालाई सुरक्षित स्थानमा आश्रय लिन सुचाना जारी गरिएको छ ।
त्यस्तैगरी, हामामाचु सहर हुँदै बग्ने सुरिहासी नदीमा पनि पानीको सतह बढेसँगै किता वार्डको मिक्काबी क्षेत्रमा पनि आज साँझ ७ः४० बजे १६४७ घरधुरीका ४५३२ मानिसहरूलाई सो स्थानबाट हट्न निर्देशन दिईएको थियो ।
ति स्थानहरुमा सतर्कता स्तरहरू मध्ये स्तर ४ जारी गर्दै जानकारी सबैलाई खतरनाक क्षेत्रहरूबाट बाहिर निस्कन आह्वान गरिएको छ ।
हिजोदेखि नै जापानको विभिन्न स्थानहरुमा भारी वर्षाका कारण बाढी पहिरो तथा डुबानका चेतावनी जारी गरिएको छ । तपाई पनि स्थानीय खबर हेर्दै सतर्क रहनुहोला ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




