सेन्दाई/जापान । जापानको मियागी प्रिफेक्चरको सेन्दाई नगरमा भारी वर्षाका कारण बाढी( ढंगा/माटो सहितको)को जोखिम बढेको भन्दै बिहान ८ बजेपछि सहरको १ लाख ६ हजारभन्दा धेरै घर/परिवारलाई खाली गर्न आदेश जारी गरेको छ ।

निरन्तर परेको भारी वर्षाका कारण आओबा वार्डका ५२,८६९ घर परिवारका ९७,४६० जना,इजुमी वार्डका ४३,५४४ घरपरिवारका ९१,१३२ व्यक्तिहरुलाई सुरक्षित स्थानमा जान आदेश दिईएको हो ।

मियागी प्रिफेक्चरमी हिजोदेखिनै जारी वर्षाले विभिन्न सहरहरुमा असर पुर्याएको छ । मानविय क्षति भएका खबरहरु सार्वजनिक नभएता पनि हज्जारौँ मानिसहरु आफ्नो निवास छाडेर अन्यत्र आश्रय लिन बाध्य भएका छन् ।

अहिले बिहान ८ बजेपछि सेन्दाई सहरमा सतर्कता स्तरको जानकारी ४ जारी गरिएको छ । सहरले सबैलाई खतरनाक ठाउँहरूबाट खाली हुन आह्वान गरिरहेको जापानी संचार माध्यमहरुले खबर छापेका छन्  ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार