किरात याक्थुङ चुम्लुङ, जापान पत्रकारिता पुरस्कार -२०२२ बाट जापानमा सकृय पत्रकार आनन्द कोइराला सम्मानित भएका छन।
सिसेःक्पा तङ्नाम तथा मुक्कुम्लुङमा स्मारिका विमोचन समारोह अवसरमा यसैवर्षपटक सुरू गरिएको पत्रकारिता पुरस्कारबाट पत्रकार कोइरालालाई नगद दश हजार येन सहित सम्मान गरिएको हो। यस्तै सोही अवसरमा जनजाति पत्रकार महासंघ जापान फोनिजका अध्यक्ष फुर्वा शेर्पालाई समेत सो अवसरमा नगद सहित सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि एनआरएनए आईसीसी उपमहासचिव ओम गुरूङ तथा किरात याक्थुङ चुम्लुङ जापानका अध्यक्ष सुदिप पालुङवाले सयुक्त रूपमा पत्रकारद्वयलाई सम्मान गर्नु भएको थियो।
जापानको राजधानी टोकियोको ओकुबोस्थित नेवाः डाइनिङको सभाहलमा आयोजना गरिएको कार्यक्रममा संस्थाद्वारा प्रकाशित स्मारिका विमोचन गर्न लागिएको थियो। विमोचन समारोहमा प्रमुख अतिथि, संस्थाका अध्यक्ष, संस्थापक अध्यक्ष रिद्दी बहादुर तुङवाहाम्फे, जनजाति महासंघ जापानका अध्यक्ष संजीव चाम्लिङ राई, मगरसंघ जापानका अध्यक्ष ओम काउछा मगर, तमुधी जापानका उपाध्यक्ष चित्र गुरूङ, पूर्वी नेपाल बिकास सहकार्य केन्द्र जापानका सचिव भूवन निरौला, किरात राई यायोक्खाका उपाध्यक्ष प्रमिला राई लगायत अतिथिहरूले संयुक्त रूपमा गर्नु भएको थियो।
यसैगरि लिम्बुवानको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक आस्थाको केन्द्र मुक्कुम्लुङ परिसरमा किरात याक्थुङ चुम्लुङ, जापानले करिब पैतीस लाख लागतमा ‘मुक्कुम्लुङ केलाःङ निङ्वा?सो’ (च्याब्ब्रुङ स्तम्भ) निर्माण गरेको विषयमा विशेष जानकारी गराईएको थियो ।
कार्यक्रममा साक् नाःप्मा थिम्बेसँगै याक्थुङ जातिको मौलिक सांस्कृतिक नाच या लाःङ र केलाःङ प्रस्तुतीमा सहभागिहरूले तालि बजाएर साथ दिएका थिए । यस्तै विभिन्न कलाकारहरूबाट मनोरञ्जनात्क गीत तथा नृत्य समेत प्रस्तुती दिएका थिए। कियाचु जापानका उपाध्यक्ष मनकुमार तुम्साको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको संचालन महासचिव मुक्साम लाओतीले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




