क्योतो/जापान। जापानको “क्योतो एनिमेसन” को स्टुडियोमा आगलागी भएको आज( १८ जुलाई ) ३ वर्ष भएको छ ।३ वर्षअघि आजकै दिन भएको आगलागिमा परि ३६ कर्मचारीको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए । तर यो ३ वर्षमा अझै हत्या र आगजनी गरेको अभियोगमा अभियुक्तको मुद्दाको सुनुवाइ सुरु हुन सकेको छैन । केही शोक सन्तप्त परिवारहरूले उक्त घटनाका द्वोषी उपर सजायको प्रकृया ढिला भएकोमा चिन्ता व्यक्त गरेका छन् ।

३ वर्ष अघि , जुलाई १८ मा, क्योतोको फुशिमी-कुमा “क्योतो एनिमेसन” को पहिलो स्टुडियोमा आगजनी भएको थियो । एनिमेसन स्टुडियोमा भएको भिषण आगलागीमा परि ३६ कर्मचारीको मृत्यु भएको थियो र ३२ जना घाइते भएका थिए।

यस मुद्दामा आगजनी तथा हत्याको अभियुक्त ४४ वर्षिया शिन्जी आओबाको सामान्य न्यायधिशको सुनुवाइ प्रक्रियाको पहिलो पटक मुद्दाहरू नै अझै छलफल गर्ने मिती निर्धारित गरिएको छैन र तत्काल सुरु हुने कुनै सम्भावना नरहेको भन्दै पिडित परिवारहरुले गुनासो व्यक्त गरेका छन् ।

खासमा, यो घटनाको पहिलेनै छानबिन भईसक्नुपर्ने भएता पनि घटनामा द्वोषी भनिएका व्यक्तिको मानसिक सन्तुलनन ठिक नरहेको भनेपछि ढिलो भएको हो । उनको मनोवैज्ञानिक परिक्षणको माग पश्चात अहिले यो मुद्दा त्यसै निष्क्रिय बनिरहेको छ । यद्यपी ति व्यक्तिले आगलागि गराउँदा भने उनको स्वास्थ्य सामान्य नै रहेको बताईएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार