जापान । पछिल्लो केहिदिन यता जापानका विभिन्न प्रिफेक्चरहरुमा निरन्तर भारी वर्षा भईरहेको छ । अनअपेक्षितरुपमा देखिएको मौसमी बदली र छोटो समयमा परेका उच्च रेकर्ड सहितका वर्षाहरुले विभिन्न स्थानहरुमा बाढी/पहिरो तथा डुबानको जोखिम बढेकाले हज्जारौ घर परिवारहरु प्रत्यक्ष प्रभावित भएका छन् ।

नागासाकी,कुमामोतो तथा सिमाने लगायतका प्रिफेक्चरहरुमा पछिल्ला केहिदिन यता भिषण वर्षाले डुबान तथा कटानको जोखिम बढाएकाले हज्जारौँ घरपरिवारलाई सुरक्षित स्थानमा आश्रय लिनका लागि सुचनाहरु जारी गर्ने तथा वस्ती खाली गर्ने सुचना जारी भएको खबरहरु प्रकाशन हुँदै आएको छ ।

आज ( १९ तारिख) बिहानै पनि सिमाने प्रिफेक्चरको देसाई,अमिया,योकान,ताकाहामा,कोकुतोमी,ताईसा लगायतका क्षेत्रहरुका करिब १२ हजार घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण हुन सुचना जारी गरिएको छ ।

यसका अलवा आज,ओईता,यामागुची,फुकुओका,सिगा सगायतका प्रिफेक्चरहरुमा पनि मौसमी अस्थिरता देखिने सम्भावना रहेको मौसम विज्ञान एजेन्सीले जनाएको छ । जापानमा ठूला/ठूला प्राकृतिक प्रकोपहरु पटक/पटक आईपरेता पनि पर्याप्त तयारी र पूर्व सतर्कताका कारण मानविय क्षति भने न्युन रहने गर्दछन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार