टोकियो/जापान । जापान सरकारले सन २०२७ सम्ममा ३ लाख विदेशी विद्यार्थीहरु भित्र्याउनो योजना सार्वजनिक गरेको छ । जापानले कोभिड १९ कारण जारी कडा सीमा सुरक्षाका उपायहरुको प्रभावस्वरुप ह्वात्तै घटेको विदेशी विद्यार्थीहरु फेरि पहिलेकै अनुपातमा भित्र्याउने योजना सार्वजनिक गरेको हो ।
जापान स्टुडेन्ट सर्भिस अर्गनाइजेसनका अनुसार सन २०१९ मे महिनामा जापानमा ३ १२,२१४ विदेशी विद्यार्थी थिए, तर सन् २०२१ को मे सम्ममा यो संख्या घटेर २,४२,४४४ मा पुगेको छ ।त्यसैले यो घटेको विद्यार्थीहरुलाई फेरि बढाउने योजना अघि सारिएको छ ।
जापानको शिक्षा, संस्कृति, खेलकुद मन्त्रालयले भनेको छ, “विदेशी विद्यार्थीहरू केही समयका लागि जापान प्रवेश गर्न नसकेनन् । यो संगै जापानमा रोजगारी पाउने (विदेशी विद्यार्थी) को प्रतिशत पनि घटेको छ । जसले जापानको
क्षमतावान कामदारहरू सुरक्षित गर्ने क्षमतामा ठूलो असर पारेको छ।” जापानमा आई अध्ययन गरेका क्षमतावान विदेशी विद्यार्थीहरु जापानको अर्थतन्त्रमा महत्वपूर्ण प्रभाव पार्ने जनशक्तिहरु हुन् ।
जापानले महामारीको सुरुमा भिसा पाएका विदेशी विद्यार्थीहरू सहित नयाँ प्रवेशीहरुलाई आफ्नो सिमाना बन्द गरेसंगै प्रवेश नदिएपछि जापान आउन चाहने धेरै विदेशी विद्यार्थीहरु दक्षिण कोरिया जस्ता अन्य देशहरूको विश्वविद्यालयहरूमा तर्फ लागे भने कतिपयले विदेश अध्ययनको सोचनै त्यागे । निरन्तर जन्मदर घटिरहेको जापानको श्रमबाजार थेग्ने भरपर्दो जनशक्ति विदेशी विद्यार्थीहरु हुन् । सम्भवत यिनै कुराहरुलाई मध्यनजर गरेर हुनसक्छ, फेरि ३ लाख भन्दा धेरै विदेशी विद्यार्थीहरुले अध्यायनका लागि आउन सक्ने वातावरण बनाउने बारे धारणाहरु बाहिर आउन थालेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




