टोकियो/जापान ।जापानको राजधानी टोकियोको आराकावा वार्डको एक घरमा आगलागी हुँदा आज(२० जुलाई )२ जना मानिसहरु( महिला/पुरुष)को मृत्यु भएको छ ।

आज बिहान ५ बजेपछि, अराकावा वार्डको हिगासियोगुमा रहेको दुई तले काठको घरबाट धुवाँ निस्किरहेको अग्नि विभागलाई जानकारी गराइएको थियो। घटनास्थलमा तुरुन्त पुगेका अग्नि नियन्त्रक तथा उद्दारकर्मीहरुले आगो नियन्त्रणमा लिएता पनि २ जनाको मृत्यु भएको हो ।

आगलागीबाट १ जना पुरुष तथा महिलालाई उद्धार गरी बेहोस अवस्थामा अस्पताल पुर्‍याइए पनि केही बेरमै मृत्यु भएको हो ।
टोकियो महानगरीय प्रहरी विभागका अनुसार पहिलो तल्लामा एकजना पुरुष र दोस्रो तलामा एकजना महिला सुतेको अवस्थामा आगलागी भएकाले उनिहरुको मृत्यु भएको हो । यसरी निधन हुनेहरुमा ७० वर्षका पुरुष र ५० वर्षकी महिला रहेको बताईएको छ ।

महानगरीय प्रहरी प्रभागले दुई जनाको पहिचान पुष्टि गर्दै आगलागीको कारणबारे अनुसन्धान गरिरहेको छ ।आगो निभाउनका लागि २१ वटा दमकलाई करिब डेढ घण्टा लागेको थियो । आगो निभाइए पनि करिब १० वर्ग मिटर आसपास भने जलेको थियो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार