टोकियो/जापान ।जापानमा हिजो(जुलाई २१ तारिख)एकैदिन १ लाख ८० हजार जनाभन्दा धेरै मानिसहरुमा कोरोना संक्रमण भएको छ ।हिजो जापानमा हालसम्मकै उच्च एकैदिन १ लाख ८६ हजार २ सय ४६ जनामा कोरोनी संक्रमण पुष्टि भएको थियो भने ४८ जना संक्रमितहरुको निधन भएको थियो ।

पछिल्लो केहि सातायता अत्यन्तै द्रुत गतीमा संक्रमण बढिरहँदा जापानमा गएको एक साताको अबधीमा मात्रै पनि ६ लाख संक्रमित थपिएका छन् । हरेकदिन ४७ वटै प्रिफेक्चरहरुमा उच्च संक्रमण देखिँदै आएपनि सरकारले यस अघि जस्तो तत्काल अर्धआपतकाल घोषणा गर्ने तथा मानिसहरुको दैनिकीमा सीमा तोक्ने जस्ता निर्णय तत्काल नगर्ने मनसाय व्यक्त गरेको छ ।

यद्यपी, कोरोना संक्रमण तिव्र रुपमा फैलिएपछि प्रधानमन्त्री किशिदाले आज सम्बन्धित मन्त्रीहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ । चिकित्सा सेवा प्रबन्ध प्रणाली सुरक्षित गर्न चिकित्सा संस्थाहरूलाई आर्थिक सहयोग प्रदान गर्ने,उपचार क्षमता वृद्धि गर्ने तथा कोरोना संक्रमितहरुको नजिकको सम्पर्कमा रहेका व्यक्तिहरुको आईसोलेसन अबधी घटाउने जस्ता उपायहरु कार्यन्वयन गराउने बारे रायसुझाव दिईने बताईएको छ ।लामो समय कोरोनाका कारण बन्द रहेको जापान तत्काल फेरि बन्द गरी सामाजिक-आर्थिक गतिविधिहरू बन्द गराउने पक्षमा देखिँदैन ।

मुख्य क्याबिनेट सेक्रेटरी माचुनोले भने, “यो जापानमा अहिलेसम्मकै उच्च स्तरको संक्रमण हो, र हामीले चिकित्सा हेरचाह प्रावधान प्रणालीमा पर्ने प्रभाव सहित यसमा ध्यान दिनु आवश्यक छ।”यस्तो अवस्थामा प्रधानमन्त्री किशिदाले आज स्वास्थ्य, श्रम तथा कल्याण मन्त्री गोतो र जापानको कोरोनाको रोकथाम तथा नियन्त्रण मन्त्री लगायतका सम्बन्धित मन्त्रीहरूसँग आगमी दिनका उपायहरूबारे छलफल गर्ने बताईएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार