टोकियो/जापान । चुनावी प्रचारको क्रममा गोली प्रहारबाट हत्या गरिएका पुर्वप्रधानमन्त्री सिन्जो आबेको सेप्टेम्बरमा गरिने भनिएको राजकिय अन्त्येष्टिका लागि सरकारी बजेट खर्च गर्नु न्यायोचित नभएको भन्दै नागरिक नागरिक समूहका सदस्यहरू सहित ५० जनाको समूहले बिहीबार टोकियोको एक अदालतमा उक्त समारोहमा सरकारी बजेट प्रयोग हुनबाट रोक्न रिट दायर गरेका छन् ।
सेप्टेम्बर २७ मा सम्भावित दुर्लभ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्को निर्णयको पूर्वसन्ध्यामा, यदि मन्त्रिपरिषदले आबेको अन्त्येष्टिमा सरकारी बजेट प्रयोगको निर्णय गरेमा हस्तक्षेप गर्नका लागि माग गर्दै नागरिक समूह सहित ५० जनाको समूह टोकियो अदालत पुगेका हुन् ।
सत्तारुढदल लिब्रल डेमोक्रेटिकको चुनाबी सभालाई सम्बोधन गर्नेक्रममा निधन भएका आबेको सम्मानार्थ सरकारले पुर्ण खर्च ब्योहोर्ने गरी आउँदो सेप्टेम्बरमा राजकिय अन्त्येष्टि गर्ने तयारी सहित योजना अघि बढाईएको छ ।
आज हुने मन्त्री परिषदको बैठकले यसबारे कुनै निर्णय गर्ने अपेक्षा गरिएको छ । तर नागरिक समूहले हिजो नै मन्त्रिपरिषदबाट यदि यस्तो निर्णय भए, त्यसलाई रोक्न भन्दै रिट दायर गरेका हुन् । त्यसो त विपक्षी दलहरुले पनि यो निर्णयलाई स्विकार नगर्ने संकेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




