टोकियो/जापान । जापानमा अहिले कोरोना संक्रमण महामारी सुरु भएताकै उच्च जोखीमपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । तर जापान सरकारले भने यस पटक विगतमा जस्तो उच्च सतर्कता नअप्नाउने संकेत गरेको छ ।
हिजो एकैदिन १ लाख ८२ हजार जनामा कोरोना संक्रमण देखिएपछि आज सरोकारवाला मन्त्री तथा विज्ञहरुसंग छलफल पश्चात, कोरोना संक्रमण रोकथामका विशेष उपायहरु कार्यन्वयन गराउनुको सट्टा, संक्रमितहरुको संसर्गमा आएका मानिसहरुलाई नजिकको सम्पर्कको रुपमा संक्रमण जोखिम भनेर राखिने आईसोलेसन अवधी घटाएर ५ दिनमा झारिएको बताएईको छ।
यसका अलवा, अहिले २० वर्ष उमेर समूहका युवा समूहहरुमा ठूलो मात्रामा संक्रमण देखिएकाले उनिहरुलाई छिटो भन्दा छिटो तेस्रो खोप लगाउन अनुरोध गर्ने तथा खोप लगाउने वातावरण सिर्जना गर्ने बताईएको छ ।
नेपालबाट जापान आउँदा अब एयरपोर्ट पिसिआर परिक्षण गर्नुनपर्ने
जापानले यहि जुलाई २७ तारिकबाट नेपालबाट आउने ब्यक्तिको तेस्रो डोज खोप नलगाएता पनि एयरपोर्टमा कोरोना परिक्षण गर्न नपर्ने भएको छ ।यसका साथै जापान प्रवेश गर्ने होम क्वारेन्टिन पनि बस्नु नपर्ने गरि निर्णय गरेको छ।
यस अघि नेपाललाई पहेलो क्याटेगोरीमा राखेको जापानले जुलाई २७ तारिक बाट निलो क्याटेगोरिमा राख्ने भएको छ।हाल नेपालमा ७२ घण्टा भित्रको पिसिआर नेगेटिभ रिपोर्ट चाहिने बारेमा भने परिवर्तन भएको भन्ने सूचना नआएकोले अनिवार्य रुपमा गरेर आउन समेत भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




