कुमामोतो/जापान । जापानमा पछिल्ला केहि महिनायता विभिन्न स्थानहरुमा नवप्रवेशी नेपालीहरुको आगमन बढिरहेको छ । झण्डै २ वर्ष ठप्प रहेको जापानमा एक्कासी बढेको समग्र विदेशीहरुको चापले रोजगारी तथा आवाश लगायतका विभिन्न समस्याहरु पनि देखा परिरहेका छन् ।

यसैक्रममा, जापानको कुमामोतो प्रिफेक्चरमा आईपुगेका नवआगन्तुक नेपाली विद्यार्थीहरुको स्वागत तथा उनिहरुलाई यहाँको जीवन शैलीमा बानी पार्नको लागि आवश्यक अभिमुखिकरण कार्यक्रम आयोजना गरिने भएको छ ।

ककुमामोतो नेपाली समाजको आयोजनामा , एनआरएनए जापान क्युस्यु,फ़ूकूओका नेपाली सोसाइटी, नेपाल जापान फ़्रेडसिप लायंस क्लब लगायत संघ संस्थाहरुको सहकार्यमा आउँदो अगस्ट ७ तारिख आईताबार कार्यक्रम आयोजना गर्न लागिएको हो ।

कार्यक्रममा,जापानमा विदेशीहरुको संभाबना र भविष्य
,विद्यार्थीहरुले पालना गर्नु पर्ने नियमहरु र पालना नगर्दा भविष्यमा पर्न सक्ने असरहरु,सेन्मोन गाक्कोउ र दाईगाकु जानको लागि गर्नु पर्ने तयारीहरु, जापानको सामान्य नियमहरु बारे,पार्ट टाइम काम गर्दा ध्यान दिनु पर्ने कुराहरु,सेन्मोन गाक्कोउ र दाईगाकु सकिए पछि कम्पनी खोज्न गर्नु पर्ने तयारीहरुका साथै विविध मनोरंजनात्मक सांस्कृतिक प्रस्तुती रहने बताईएको छ ।

उक्त कार्यक्रम, कुमामोतो सिटी ईन्टरनेश्नल सेन्टरमा,अगस्ट ७ तारिख आईतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म आयोजना हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार