ओसाका/जापान । गत अप्रिलमा ओसाकाको एक निर्माण स्थलमा फेला परेको करबि २५० किलो तौल सहितको विस्फोटन नभएको बम यहि जुलाई २४ तारिख हटाइएको छ ।

दोस्रो विश्वयुद्धका समयमा प्रहार गरिएको तर विस्फोट नभएको अनुमान गरिएको ओजनदार बम हटाउनका लागि ओसाकाको सुईता सबरका लगभग २,००० जना बासिन्दाहरूलाई सो स्थानबाट हटाईएको थियो। सो समयमा उक्त क्षेत्रको सडक तथा रेल सेवाहरु पनि बन्द गरिएको थियो ।

मिनामिसुईता शहरको एउटा अपार्टमेन्टको निर्माण स्थलमा, अमेरिकामा बनाइएको एक विस्फोट नभएको बम (जुन युद्धको समयमा प्रहार गरिएको मानिन्छ)अप्रिलमा फेला परेको थियो,यो सकृया भएमा ठूलो क्षति गर्न सक्ने बम भएको बताईएको थियो ।

अप्रिलमै फेला परेता पनि कसरी हटाउने भन्ने, भर्खरै निर्णय भई यहि जुलाई २४ तारिख हटाईएको हो । सुइता सिटीले घटनास्थलबाट ३०० मिटर भित्रका करिब ९५० घरधुरीका करिब २ हजार बासिन्दालाई खाली गराए र त्यसपछि भू-सेल्फ डिफेन्स फोर्सलाई डिस्पोज गर्न लगाएका थिए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार