टोकियो/जापान। उडान स्थगन गरिएको अमेरिकी सेनाको विमान सीभी २२ ओस्प्रे। (CV22 Osprey )को उडान पुन: सुरु गर्ने अमेरिकी सेनाको निर्णय संगै टोकियोको योकोता एयर बेस वरपरका बासिन्दाहरु चिन्तित बनेका छन् ।

४ तारिख, टोकियोको योकोता एयर बेस वरपरका नगरपालिकाहरूले अमेरिकी सेना र रक्षा मन्त्रालय लगायतलाई पर्याप्त स्पष्टीकरण दिई, स्थानीयबासीहरुको चिन्ता समाधान गर्न आग्रह गरेका छन् ।

अमेरिकी सैन्य यातायात विमान सीभी२२ ओस्प्रेका सम्बन्धमा गत महिना अमेरिकी वायुसेनाले उडानका क्रममा समस्या बढ्दै गएपछि सबै विमानलाई उडान रोक्न निर्देशन दिए थियो । तर फेरि यही महिनाको २ तारिखबाट पुन उडान सुचारु गर्ने निर्णय गरिएको छ ।

उत्तर कान्तो डिफेन्स ब्यूरोबाट टोकियो मेट्रोपोलिटन सरकार द्वारा प्राप्त जानकारी अनुसार, रक्षा मन्त्रालय र अमेरिकी रक्षा विभाग बीचको छलफलको परिणाम स्वरूप, गम्भीर समस्याहरू बिना सुरक्षितरुपमा सञ्चालनका लागि प्रक्रियाहरू स्थापित गरिएको छ । ति बिमानहरुको उडान स्थगित गर्नैपर्ने कुनै समस्या नभएको निष्कर्षका पुन सुचारु गरिन लागेको बताईएको छ ।

योकोता एयरबेसमा विमानको चेक उडान गरेपछि ७ गतेदेखि सामान्य उडान सुचारु हुने भएको छ । तर वरपरका बासिन्दाहरूको सुरक्षाको चिन्ता अझै समाधान हुन सकेको छैन, र यी चिन्ताहरू बढ्दै जाने देखिएको छ । त्यसैले स्थानीय बासिन्दाहरुले सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार