टोकियो/जापान।आर्थिक वर्ष सन २०२३ मा जापानको बजेट हालसम्मकै दोस्रो उच्च रहने संकेत गरेको छ। आगमी आर्थिक वर्षका लागि सरकार समक्ष विभिन्न निकायहरुबाट आएको बजेटको अनुरोधको परिमाण हेर्दा जापानको इतिहासकै उच्च अनुरोध आएको जापानी संचार माध्यमहरुले जनाएका छन् ।
आउँदो अप्रिल महिनादेखि सरुहुने आर्थिक वर्ष सन २०२३ को लागि १ हजार १ सय खर्ब ४८ अर्ब ४० करोड येनबराबरको बजेट अनुरोध आएको बताईएको छ। अर्थमन्त्रालयका अनुसार यस अघि सन २०२२ को आर्थिक वर्ष(चालु आर्थिक वर्ष)का लागि १ हजार ११६ खर्ब ५५ अर्ब ९० करोड येन बराबरको बजेट अनुरोध आएको थियो।
यस पटकको बजेटमा रक्ष मन्त्रालयले विगतका तुलनामा अधिक अनुरोध गरेको छ । जापानको रक्षा बजेट कुल गार्हस्थ्य उत्पादनको १ प्रतिशत रहँदै आएकोमा आगामी आर्थिक वर्ष सन २०२३ को बजेटमा २ प्रतिशत बराबरको माग भएको छ । देशमा रसिया, उत्तरकोरिया तथा चिनियाँ दवाब बढेसंगै जापानी रक्षा मन्त्रालयले आफ्नो प्रतिरक्षा प्रणालीलाई थप मजबुत बनाउन बजेट बढाउन अनुरोध गरेको हो ।
यसका अलवा कोरोना भाईरस महामारीको विरुद्धको उपायहरु अबलम्बन गर्नका लागि थप आर्थिक स्रोत आवश्यक परेको भन्दै प्रायजसो मन्त्रालयहरुबाट साविकको आर्थिक वर्षको तुलनामा अधिक बजेट अनुरोध गरेका छन् । जापानको चालु आर्थिक वर्षको बजेट १ हजार ७५ खर्ब ९६ अर्ब ४० करोड येनको ल्याईएको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




