ओसाका/जापान। जापानका पुर्वप्रधानमन्त्री सिन्जो आबेलाई गत जुलाई ८ तारिख नारामा चुनावी प्रचारमा भाषण गर्दै गर्दा पछाडीबाट गोली प्रहार गरेका संदिग्ध यामागामी तेचुयालाई १० लाख येनभन्दा बढी सहयोग जुटेको बताईएको छ ।
जापानी संचार माध्यममा प्रकाशित खबरका अनुसार, अहिले मनोवैज्ञानिक परिक्षणका क्रममा ओसाकाको एक बन्दिगृहमा निगरानीमा रहेका आबे हत्याका संदिग्ध यामागामीलाई लत्ता कपडा,कमिक पुस्तक, खाना तथा नगदै समेत सहयोग पठाईएको छ । यस्ता गतिविधिले उक्त घटनालाई सदर गराउन खोजिएको बुझिन जाने भन्दै अपराध अनुसन्धान विज्ञहरुले यस्तो नगर्न चेतावनी दिएका छन् ।
त्यस्ता सहयोग रकमहरु यामागामीलाई राखिएको ओसाकाको एक हिरासत केन्द्रमा पठाइएको बताईएको छ। अहिले यामागामीको मानसिक अवस्थाको परिक्षण चलिरहेको छ। यस अघि यामागामीले आफ्नी आमाले तात्कालिक युनिफिकेसन चर्चमा ठूलो रकम दान गरेकाले आफ्नो परिवार खत्तम भएको र उक्त धार्मिक समूहसंग आवेको पनि संम्बन्ध रहेकाले हत्या गर्न चाहेको बताएका थिए । रंगेहात घटनास्थलबाट पक्राउ गरिएका यामागामीले अपराध गरेकोमा कुनै छानबिनको विषय बाँकी नरहेपनि उनले कस्तो मनस्थितिमा गरेका हुन् भन्नेबारे बुझ्न अहिले मनोवैज्ञानिक परिक्षण चलिरहेको छ।
यकातिर,हिरासत केन्द्रमै लाखौँ सहयोग पठाउने तथा अर्कोतर्फ Change.org वेबसाइटमा, यामागामीको लागि कम सजाय माग गर्दै ७,९०० भन्दा बढी हस्ताक्षरहरू जम्मा भएका छन्।
तर विज्ञहरूले संदिग्ध व्यक्तिले उसको व्यक्तिगत असन्तुष्टि र एकीकरण चर्चसँग सम्बन्धित मुद्दाहरूका कारण र आबे हत्यालाई एकै ठाउँमा जोडेर हेरि आरोपित प्रति सहानुभूति देखाउनु नहुने चेतावनी दिएका छन् ।टोकियो फ्युचर युनिभर्सिटीका आपराध मनोविज्ञानका प्राध्यापक यासुयुकी देगुचीले भने, “संदिग्ध व्यक्तिप्रतिको सहानुभूति र घटनाको दुर्भावनालाई भ्रममा पार्नु हुँदैन।”
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




