India’s defence minister Rajnath Singh and Japan's defence minister Yasukazu Hamada attend an honor guard ceremony, prior to the Japan-India bilateral defence meeting at the Japanese Defence Ministry in Tokyo, Japan, 08 September 2022. FRANCK ROBICHON/Pool via REUTERS

टोकियो/जापान। जापान र भारतले रक्षा लगानी सहकार्यलाई थप सघनरुपमा अघि बढाउँदै वायु सेनाहरुको संयुक्त अभ्यास बढाउने बताईएको छ ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले आफ्ना जापानी समकक्षी यासुकाजु हामादासँग टोकियोमा ‘टू प्लस टू’ वार्तामा सहभागी हुन अघि यस्तो बताएका हुन्। भारतीय रक्षा मन्त्रीले जापानी उद्योगहरूलाई भारतको रक्षा क्षेत्रमा लगानी गर्न आमन्त्रित गरेको भारतको रक्षा मन्त्रालयले मन्त्रि सिंहलाई उल्लेख गर्दै एक विज्ञप्तिमा भनेको छ ।

वायुसेनाहरुको संयुक्त अभ्यासले दुई देशको वायु सेनाबीचको सहकार्य र अन्तरसञ्चालन क्षमताको लागि मार्ग प्रशस्त गर्ने कुरामा जापान तथा भारतका दुवै रक्षा मन्त्रीहरू सहमत भएका छन्।जापानजस्तै भारतले पनि बढ्दो सुरक्षा खतराको रूपमा हेर्दा त्यसको सामना गर्न आफ्नो सेनालाई बलियो बनाउँन चाहेको बताईएको छ । चीनको बढ्दो सैन्य शक्ति र दृढताप्रति दुवै देश चिन्तित रहेको पनि विज्ञप्तिमा जनाईएको छ।

जापानी प्रधानमन्त्री फुमिओ किशिदाले रक्षा खर्चमा पर्याप्त वृद्धि गर्ने वाचा गरेका छन्। उनको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीले आगामी पाँच वर्षमा जापानको सैन्य बजेट दोब्बर गरी कुल गार्हस्थ्य उत्पादनको २ प्रतिशतमा पुर्‍याउन चाहेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार