टोकियो/जापान। कर्णाली प्रदेश समाज जापान क्षेत्रीय कमीटी कान्तोको दोश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशन शनिबार टोकियो सिनओकुबोस्थित सोलमारी मुरा हलमा सम्पन्न भएको हो ।

दोश्रो अधिवेशनले जिबन शाहीको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।नव निर्वाचित कार्यसमितिमा संयोजकमा जिबन शाही,उपसंयोजकमा युवराज धमला, लक्षमण शाही र बिन्दु शाही,सचिवमा रमेश सिम्खडा,सहसचिवमा सुजन रोकाया,कोषाध्यक्षमा लक्षमण खत्री,सह-कोषाध्यक्षमा बिनु हमाल र प्रबक्ता गणेश बिष्ट चयन भएका छन् ।

यस्तैगरी,कार्यसमितिका सदस्यहरुमा,पदम रावत
,दुर्ग प्रसाद न्यौपाने,सुनिता शाहि,जनक शाहि,
चन्दिका न्यौपाने र अभिषेक गिरी चयन भएका छन् ।

सल्लाहकारहरु समेत,अधिवेशनबाटमै चयन गरिएको कार्यसमितिका सल्लाहकारहरुमा धिरज जङ शाहि,
बिरेन्द्र शाहि,खिमराज शाह,माधव थापा र हिमप्रकाश थापा रहेको बताईएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार