टोकियो/जापान।गलकोट समाज जापानको ७ औँ अधिवेशनबाट कालिका थापा अध्यक्षतामा ३९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।
यहि मंगलबार नागोयामा सम्पन्न अधिवेशनले आगामी (सन २०२२-२०२४ )को कार्यकालको लागि थापाको अध्यक्षतामा ३९ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध रूपमा निर्वाचित गरेको निर्वाचन समितिका संयोजक मोहन खत्रीले जानकारी दिएका हुन् ।

“हाम्रो गाउँ हाम्रो ठाउ, हातेमालो गरी सम्वृद्ध गराऔ” भन्ने भावनाका साथ सामाजिक सेवाको उच्च भावलाई कायम राखी गलकोट क्षेत्रको सामाजिक ,आर्थिक,सास्कृतिक, शैक्षिक, स्वास्थ्य, पर्यटकीय, पर्यावरणीय विकासमा हातेमालो गरि गलकोट क्षेत्रको साथै राष्ट्रको विकासमा टेवा पुर्याउने उदेश्यले जापानमा सन् २००६ मा स्थापना भएको गलकोट समाजको उपाध्यक्षमा रत्नसिंह बस्नेत, राजेन्द्र श्रेष्ठ, डिला गैरे, शिबु थापा, लोकेश खत्री, रामप्रसाद गैरे , अम्मर भण्डारी, गोविन्द खड्का, जीवन गैरे र महिला उपाध्यक्ष चन्द्रकुमारी केसी अधिकारी निर्वाचित भएका छन ।

त्यस्तैगरि,अधिवेशनबाट महासचिवमा लक्ष्मण कार्की, सचिवमा गौरी सापकोटा, डिलाराम निउरे र युवराज गौतम, कोषाध्यक्षमा डिलबहादुर थापा रामु, सह कोषाध्यक्षमा भेषनाथ गौतम, गंगा घर्ती मगर र रमेश कुमार खत्री, युवा संयोजकमा मनोज केसी महिला संयोजकमा पवि अधिकारी सर्वसहमत रूपमा चयन भएका छन ।

समाजको सदस्यहरुमा दिलिप कंडेल, खगराज गौतम, प्रकाश गैरे, राजा खत्री, राम थापा काजी, गीता बस्नेत, भिम श्रीस, दुर्गा थापा निर्वाचित भएका छन । त्यसैगरि सदस्यमा निर्वाचित हुनेहरूमा आनन्द थापा, रेशम सुनार, कुलबिर थापा, विपिन केसी, प्रकाश केसी, रामबहादुर खत्री, दयाराम कंडेल, सोमनाथ चालिसे, विशाल केसी, विरबहादुर खत्री र डम्मर पुन चयन भएका छन् ।
एनआरएनए आईसीसी उपाध्यक्ष रोबिन्द श्रेष्ठ”गोविन्द”,आईसासी एसिया प्यासेफिक संयोजक पारसमणी पोखरेल,समाजका संरक्षक मोहन खत्री एनआरएनए आइसीसी सदस्य दिपक कार्की, समाजसेवी विष्णुप्रसाद शर्मा, एनआरएनए जापानका सचिव श्याम शितल, गैरे समाज जापानका अध्यक्ष हुमप्रसाद गैरे, यमलाल सापकोटा दर्शन समाज जापानका सुरज मल्ल पत्रकार तथा स्याङ्जा समाज जापानका निशान राना मगर लगायतका अतितिहरुले नयाँ कार्यसमितिलाई शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा गत कार्यकालको प्रगति प्रतिवेदन महासचिव नवीन निउरले र कोषाध्यक्ष डिला गैरेले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।उद्घाटन सत्रको कार्यक्रमको अध्यक्षता अध्यक्ष यम खत्री र कार्यक्रम संचालन महासचिव नवीन निउरे र सचिव लक्ष्मण कार्कीले गरेका थिए भने घोषणा सभाको अध्यक्षता संयोजक मोहन खत्री र संचालन निर्वाचन समितिका सदस्य सचिव भवानी पन्तले गरेका थिए ।

सामाजिक सदभाव,पारस्परिक सहयोग, आपसी एकता र सहकार्यको विकास गरि जन्मभूमिप्रतिको माया, ममता र जागरणलाइ कायमै राखी, सुन्दर, स्वावलम्वी र स्वाभिमानी, समतामुलक समाज निर्माण गर्ने उद्देश्य राखी गठन भएको गलकोट समाजमार्फत सामाजिक सेवा गर्नका लागि जापानमा क्रियाशील संस्थाहरुका माझमा आफ्नो फरक पहिचान बनाउदै शिक्षा स्वास्थ्य, मानवीय सहयोग सहित भैपरि आउने हरेक कार्यका लागि एकल वा समन्वयात्मक रुपमा कार्य गर्दै आइरहेको छ ।

(नेपालन्युजपोस्टका लागि खगराज गौतमको संयोजनमा प्रकाशित)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




