जापान।नेपालको श्री महेन्द्र जनसहयोग आधारभूत विद्यालय र जापानको सोजो सहर,शोवा जुनियर हाईस्कुलका विद्यार्थीबीच हातेमालो कार्यक्रम (संस्कृति तथा जीवनशैली आदान प्रदान कार्यक्रम २०२२) सम्पन्न भएको छ।

विद्यालयले ५८ औँ वालदिवस २०७९ अवसरमा विभिन्न अतिरिक्त क्रियाकलापहरु संगै जापानको विद्यालयमा अध्ययनरत विद्यार्थीहरुसंग हातेमालो कार्यक्रम आयोजना गरिएको हो ।संस्कृति तथा जीवनशैली आदान प्रदान कार्यक्रम अनलाईन माध्यमबाट आयोजना गरिएको थियो ।उक्त अवसरमा बिद्यार्थीहरू विभिन्न सातवटा समूहमा विभाजन भै पढाइ, विद्यालय र अतिरिक्त क्रियाकलाप, खेल खेल्दा लगाउने पोशाक, कक्षा सञ्चालन समय, खाजा व्यवस्थापन आदिको वारेमा चर्चा गरेका थिए भने नेपालका तर्फबाट श्री महेन्द्र जनसहयोग आधारभूत विद्यालयका बिद्यार्थीहरू पाँच समूहमा नेपालका जातजातिका पोशाक, हिन्दूहरूको महान् चाड बडादशैं तथा नवरात्रिको वर्णन तथा विद्यालयका नियमहरू समेत सुनाएका थिए ।

विद्यालय व्यवस्थापन समिति एवं पिक एड स्कुल प्रोजेक्ट फाउन्डेस नेपालका अध्यक्ष बलबहादुर गोदारको अध्यक्षता भएको सो कार्यक्रममा जापानको तर्फबाट शिक्षा प्रेमी, समाजसेवी गोदार उपकार थापाले सहजीकरण गरेका थिए ।भाषा सहजीकरण र बिद्यार्थी तयार गरेका सुनिल के. सी,शिक्षक अभिभावक संघका अध्यक्ष चित्रबहादुर कार्की, शिक्षा प्रेमी ताराबहादुर खत्री लगायत शिक्षा प्रेमी महानुभावहरु, शिक्षक र बिद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो।

वाल कक्षा सहयोगी कार्यकर्ता गोदार उपमाले सञ्चालन गरेको उक्त कार्यक्रममा प्राविधिक सहयोग शिक्षक विकास गौतम र सहजीकरण शिक्षक पार्वती कार्की, आरती कार्की लगायत सम्पूर्ण शिक्षकहरूबाट भएको थियो ।विभिन्न कार्यक्रममा उत्कृष्ट स्थान हासिल गर्न सफल बिद्यार्थीहरूलाई नगद पुरस्कार समेत प्रदान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार