सिजुओका/जापान। चुबु इलेक्ट्रिक पावरका अनुसार सिजुओका सहरको आओई वार्डमा भारी वर्षाका कारण सहरमा विद्युत आपुर्ति गर्ने २ वटा विद्युत प्रसारणका टावरहरु ढलेका छन् ।

चुबु इलेक्ट्रिक पावरले टावर नजिकै गएको पहिरोमा परेर टावरहरु भत्किएकाले विद्युत कटौती भईरहेको बताएको छ । अहिले सिजुओकाका हज्जारौँ घरहरुमा विद्युत आपुर्ति हुन सकेको छैन । मर्मतको काम भईरहेता पनि क्षति ठूलो मात्रामा भएकाले पुनः सेवा सुचारु हुन केहि समय लाग्ने अनुमान गरिएको छ ।

चुबु इलेक्ट्रिक पावर ग्रिडका अनुसार शिजुओका प्रिफेक्चरमा दिउँसोसम्ममा आओई वार्डका करिब ७,४६० घरधुरी विद्युत बिहिन भएका छन् । पहिरोमा परेर आओई वडाका दुईवटा विद्युत् प्रसारण टावर भत्किँदा विद्युत् अवरुद्ध भएको कम्पनीले जनाएको छ । दिउँसो १:०० बजेसम्म भने करिब ११४,००० घरहरू बिजुलीबाट बाहिर थिए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार