टोकियो/जापान । जापानमा नेपाली मुर्तिकारहरुद्वारा विगत ६ वर्षदेखि निर्माधिन यस शताब्दीकै ठूलो (पत्थरमा बनेको )बुद्ध मुर्ती निर्माण सम्पन्न भएको छ ।

जापानको कुमामोतो प्रिफ्क्चरको एक पडाडी चट्टानमा सन २०१६ को सेप्टेम्बरदेखि नेपालबाट आएका मुर्तिकारहरु मञ्जुल मितेरी,गणेश कुमार राई,चतुरलाल राजबंशी,रामकुमार राई,सुवास विश्वकर्मा,जिवन पौडेल,सानुभाई विश्वकर्मा,रामचन्द्र पण्डित र सूर्य केसी “मध्यरात” को संयुक्त कला र मेहनतले यो कार्य सम्पन्न भएको हो ।

कलाकार मञ्जुल मितेरीको नेतृत्वमा जापानमा विशाल बुद्धमुर्ती बन्दै गरेको समाचारहरु विभिन्न समयमा प्रकाशन गर्दै आएको नेपालन्युजपोस्टसंग कुरा गर्दै मितेरीले भने -“अन्ततः ६ वर्ष लामो एउटा कलाको तपस्याले मुर्तरुप पाएको छ ।यस शताब्दीकै ठूलो ढुंगाको बुद्ध मुर्ती निर्माण कार्य सम्पन्न भएको छ।”मितेरीका अनुसार, कुमामोतोमा रहेको ६५ फिट अग्लो चट्टानी पहाडमा ६० फिट अग्लो बुद्ध मुर्ती निर्माण गरिएको छ ।

मुर्तिको निर्माण कार्य सकिएको घोषणागर्दै सामाजिक संजालमार्फत खुसी तथा कृतज्ञता व्यक्त गर्दै नेपाली कलकारहरुको संयोजककारुपमा रहेका कलाकार मञ्जुल मितेरी लेख्छन् -“सन् २०१६ को सेप्टेम्बरमा नेपालबाट आएका हामी ६ जना नेपाली मूर्तिकारहरुको अथक परिश्रम र साधनाले जापानको यो विशाल चट्टानी पहरामा अन्ततः यो शताब्दीमै संसारकै सबैभन्दा विशाल ढुङ्गाको बुद्धमूर्ति निर्माण सम्पन्न भएको छ । यो विशाल बुद्धमूर्ति निर्माणको लागि हामी नेपाली मूर्तिकारहरुलाई अवसर दिनुभएकोमा ओसिमा सेकिबुचुयामा मूर्ति निर्माण प्रतिष्ठान र त्यसका संरक्षक तथा अध्यक्ष ओसिमा सिजुकीप्रति हार्दिक आभार ब्यक्त गर्दछु । हामीलाई यस प्रतिष्ठानसॅग सम्पर्क गराइदिनु हुने चितवनका दिलीप लामिछाने ज्यूप्रति पनि उत्तिकै आभारी छु । त्यस्तै यो महान इतिहास निर्माणको लागि मसॅगसॅगै कठोर परिश्रम र साधना गर्नुहुने मूर्तिकार साथीहरु गणेशकुमार राई, चतुरलाल राजवंशी, जीवन पौडेल, रामकुमार राई, सुवास विश्वकर्मा, सानुभाइ विश्वकर्मा, रामचन्द्र पण्डित र सूर्य केसी ‘मध्यरात’ज्यूहरुलाई यो साथको लागि धेरैधेरै धन्यवाद ज्ञापन गर्दछु । हामीलाई देशविदेशबाट निरन्तर माया, हौसला र प्रेरणा दिइरहनुहुने सम्पुर्ण महानुभावहरुप्रति अत्यन्तै आभारी छु ।
अन्ततः तपाईंहरुको निरन्तरको स्नेह र हाम्रो साधनाले हाम्रो साझा सपना पुरा भएको छ । मेरो जिन्दगीको एउटा सपना पुरा भएको छ । मेरो यो खुशी तपाईंहरुलाई समपर्ण गर्दछु ।”

जापानमा बुद्धमुर्ति निर्माण गर्दै दोस्रो अरनीको उपनाम प्राप्त गरेका मञ्जुल मितेरी र उनका समुहले जापानमा मुर्ति निर्माण गर्दै गरेका दृश्यहरु सहित हामीले एक विशेष भिडियो सामग्री करिब २ वर्षअघिनै तयार पारेका थियौँ । हेर्नुहोस यो भिडियो


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार