
टोकियो/जापान। जापानको एक सुचना प्रविधि कम्पनी जेन्केनले हालसालै गरेको एक सर्वेक्षण अनुसार जापानका ४५.५ प्रतिशत कम्पनीहरुले विदेशी कामदारहरु भित्र्याउन ईच्छुक भएको नतिजा सार्वजनिक गरिएको छ ।
बढ्दो वृद्ध जनसंख्या र घट्दो जन्मदरका कारण हरेक वर्ष जापानको श्रम बजारमा मानविय संसाधान अभाव खड्किदा गएको छ।यसैविच एक निजी क्षेत्रको कम्पनीले गरेको सर्वेक्षणमा सहभागी कम्पनीहरु मध्ये ४५.५ प्रतिशतले विदेशी कामदार भित्र्याउने ईच्छा व्यक्त गरेको बताईएको छ ।
गत अगस्ट १९ र २१ को बीचमा गरिएको, सर्वेक्षणले २०० कम्पनीहरूबाट वैध प्रतिक्रियाहरू प्राप्त गरेको छ । जसमा सहभागी मध्ये ४२.५ प्रतिशत कम्पनीहरु ५ सय भन्दा कम कामदारहरु भएका थिए भने १५.५ प्रतिशत कम्पनीहरुको १००० जनाभन्दा कम कामदारहरु थिए । त्यस्तै गरि सर्वेक्षणमा सहभागी मध्ये ४२ प्रतिशत कम्पनीहरुमा १००० जनाभन्दा बढि कामदार रहेका थिए ।
यसरी विदेशी कामदारहरूमा रुचि राख्ने कम्पनीहरू मध्ये, ६८.१ प्रतिशत कम्पनीहरुले विदेशी कर्मचारी राख्न चाहनुको मुख्य कारण प्रतिभाशाली कर्मचारीहरूलाई सुरक्षित गर्ने इच्छा भएको बताएका थिए । अन्य कारणहरू बताउने मध्ये ४२.२ प्रतिशतले विदेशी भाषा सीपहरू आवश्यक पर्ने व्यवसाय संचालन गरेको जवाफ दिएका थिए भने,४२.९ प्रतिशत कम्पनीहरुले श्रमिक अभाव भएकाले विदेशी कामदार भित्र्याउन चाहेको बताएका थिए । त्यस्तै लगभग ३० प्रतिशत जतिले उनीहरू आफ्नो विदेशी सम्बन्धहरु बलियो बनाउन वा नयाँ व्यवसायहरू सुरु गर्न चाहने बताएका थिए ।
जापानमा,श्रमशक्ति अभाव हरेक वर्ष बढ्दै जाँदा विदेशी कामदारहरु आपुर्ति गर्नुको विकल्प छैन । यद्यपी व्यवहारिक र कानुनीरुपमा खासै विदेशी कामदार भित्र्याउने प्रकृयामा त्यति उदारता देखाउन नसकिरहेको जापान यहि अवस्था कायम रहे अबको केहि वर्षपश्चात चरम श्रम शक्ति अभावको समस्यामा फस्ने सरोकारवाला निकायहरुको विश्लेषण रहेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




