टोकियो/जापान। गत जुलाईमा गोली हानी हत्या गरिएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हिजो(अक्टोबर १५ तारिख)उनको निर्वाचन क्षेत्र रहेको यामागुची प्रिफेक्चरमा अन्तिम श्रद्धांजली कार्यक्रम सम्पन्न गरिएको छ।
प्रिफेक्चरियल अन्त्येष्टिमा बाहलवाला तथा पूर्व सांसदहरू सहित करिब २,००० जना मानिसहरु उपस्थित भई श्रद्धांजली अर्पण गरेका थिए । शनिबार उनको निर्वाचन क्षेत्र रहेको यामागुचीको प्रिफेक्चरमा आबेको सम्झनामा शोक कार्यक्रम आयोजना गरिएको हो ।
सो शोक कार्यक्रममा आबेकी धर्मपत्नी आकी सिमोनोसेकीले भनिन् – “मेरो पतिले यामागुची प्रिफेक्चरलाई माया गर्नुहुन्थ्यो, र यहाँका समर्थकहरूले उहाँलाई जापानको लागि ठूलो काम गर्न दिनुभयो। जसका कारण उहाँको ट जीवनको ६७ वर्ष फलदायी रह्यो।”
जापानको सबैभन्दा लामो समय प्रधानमंत्रीको रुपमा सेवा गर्ने नेता आबेको गत महिना राज्यकीय अन्त्येष्टि गरिएको थियो। उनलाई जुलाई ८ मा जापानको पश्चिमी शहर नारामा चुनाव प्रचार भाषणको क्रममा एक बन्दुकधारीले गोली हानेर हत्या गरेको थियो।यद्यपी राज्यकोषको रकम खर्चीएर गरिएको उनको अन्त्येष्टिले कडा विरोधको सामना गर्नुपर्यो । परिणाम हिजो भएको प्रिफेक्चरल कार्यक्रममा पनि एक समुहले व्यापक विरोध प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




