टोकियो/जापान। जापानमा रेल सेवा सुरु भएको यस वर्ष १५० औँ वर्ष पुगेकोछ ।यो १५० वर्ष पुगेको अवसरमा जापान रेलवे कम्पनीले विभिन्न किसिमका सस्तोमा रेलसेवा उपभोग गर्न पाईने देखि जापानको रेल सेवा ईतिहासलाई नजिकबाट नियाल्न सकिने विशेष ईभेन्टहरु आयोजना गरिरहेको छ ।

पुर्वि जापानमा बसोबास गर्दै आउनुभएकाहरुले त हरेक दिन जसो रेल चढ्दा १५० वर्ष पुगेको विशेष उद्घोषहरु पनि सुन्दै आउनुभएको होला । यसैबिच जापानले यस अवसरलाई मनाउनको लागि,जे आर उएनो (JR Ueno)स्टेशनले यहि अक्टोबर १४ देखि ३० तारिखसम्म वार्षिकोत्सव समारोह, Byond Station Expo UENO आयोजना गरिरहेको छ ।

शिन्कानसेन र एक्सप्रेस ट्रेनहरू दुवैको लागि स्टपको रूपमा, उएनो स्टेशन हरेक दिन यात्रुहरूको लागि व्यस्थ स्थान हो। बियोन्ड स्टेशन एक्स्पो उएनो निगाता/ सादो क्षेत्र र पूर्वी जापान क्षेत्र जस्ता लोकप्रिय लाइनहरुको प्रदर्शन भईरहेको छ । यो एक रेल सेवा एक्स्पो हो । यो १५० वर्षको रेल विकास र प्रयोगलाई फर्केर हेरेर आनन्द लिने मौका हो । संगै समयमा परम्परागत जापानी कला र खानाको अनुभव लिनसकिनेछ।

यो १५० वर्षे जापानी रेलसेवा ईतिहास बुझ्न तथा रेल बिकासका रोचक जानकारीहरु लिने विशेष एक्स्पो भने यो महिना भर संचालन हुने नभई पहिलो चरणको एक्स्पो १४ देखि १६ अक्टोबरमा सम्पन्न भईसकेको छ भने अब २८ देखि ३० अक्टोबर हुनेछ । यस प्रदर्शनीको टिकट शुल्क २००० येन कायम गरिएको छ भने टिकट जेआर ईस्टको अनलाईनबाट खरिद गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार