टोकियो/जापान। जापानमा क्रियाशिल नेवाःहरूको संस्था नेवाः अन्तराष्ट्रिय फोरम जापान द्वारा टोकियो कोतोकु कितासुना स्थित सामुहिक म्हः पुजा सम्पन्न गरेको छ ।
संस्थाको स्थापना वर्ष देखि निरन्तर गर्दै आएकोमा कोरोनाको कारण गएको दुई वर्ष भने कार्यक्रम स्थगित गरेको थियो । यो वर्ष कोरोना संक्रमण केही कम भएको र धेरैले भ्यक्सिन पनि लगाएको हुनाले सामुहिकरूपमा म्हः पुजा आयोजना गरेका हौं, संस्थाको महासचिव शिव तण्डुकारले बताए ।कार्यक्रमको सुरूवातमा संस्थाको संस्थापक सल्लाकार स्व श्री सत्य मोहन जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै माल्यार्पण गरिएको थियो साथै एक मिनेटको मौन धारण समेत गरिएको थियो । यस संस्था कसरी सुरू भयो र सत्य मोहन जोशी ज्युको कस्तो भुमिका रहेको थियो , संस्थापक अध्यक्ष माधव नारायण मानन्धरले बताएका थिए ।
त्यस लगतै नेपाल सम्वतको सुरूवातकर्ता समाजसेवी शंखधर साख्वाको प्रतिमामा भुतपूर्व अध्यक्ष ज्ञानु खातो मानन्धर र बर्तमान अध्यक्ष बाल कृष्ण डंगोलले सयुक्त्तरूपमा दीप प्रज्जोलन गरी नयाँ वर्ष ११४३ को शुभकामना प्रदान गरिएको थियो ।
दोस्रो चरणमा कार्यक्रमको मुल समारोह सुरू भएको थियो । बालबच्चा सहित सत्तरी जाना भन्दा बढी सहभागी भएर एकै पटक म्हः पुजा गरिएको थियो । शरीरको शुद्धिकरण र सुस्वास्थको कामना गर्दै गरिने म्हः पुजा नेवाःहरूको महत्वपुर्ण परम्परा मध्ये एक हो । आयोजित यस कार्यक्रमा जापानवासी नेवाः समुदायको व्यक्तिहरू मात्र नभएर अन्य समुदायको व्यक्तिहरू लगायत जापानीहरूको पनि सहभागित रहको थियो।पुजा पश्चात खानपिनको व्यवस्था पनि रहेको र नाचा गान गरी हर्षोउल्लाहस सहित मनाएको थियो।
नेवाः अन्तराष्ट्रिय फोरम जापानले म्हः पुजा बाहेक बुद्ध जयन्ति, क्वाटी पुन्ही वार्षिकरुपमा आयोजना गर्दै आएको छ भने २ पटक सम्म सामुहिक बेल विवाह “ईही” पनि गरिसकेको छ । यस बाहेक नेपालमा गरिब बालिकाहरूलाई छात्राबृत्ति प्रदान गर्ने तथा विभिन्न बिरामीलाई आर्थिक सहयोग गर्नुका साथै नेपालमा भईपरी आउने प्रकृतिक प्रकोप लगयात कोरोनाको संकटकालको समयमा पनि आर्थिक लगायत जिन्सी सहयोग गरेको थियो ।
आफ्नो कला, संकृति र परम्परा जापानमा पनि मनाउने र आफ्नो सन्ततीलाई सिकाउने साथै अन्य समुदाय र
जापानीहरुलाई समेत परिचय दिंदै जाने यस संस्थको मुल उदेश्य रहेको अध्यक्ष बाल कृष्ण डंगोलले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




