टोकियो /जापान। जापानको राजधानी टोकियो महानगरका २३ वटा वडा तथा आसपासका केहि स्थानहरुमा हिजो(नोभेम्बर १४ तारिख)देखि ट्याक्सीको भाडा वृद्धि कार्यन्वयन गरिएको छ ।
टोकियोको २३ वटा वडामा ट्याक्सीको भाडा १४ तारिखदेखि प्रारम्भिक भाडाको माथिल्लो सीमा हालको ४२० येनबाट ५०० येनमा बढाईएको छ ।उपभोग करको दरमा भएका बृद्धि बाहेक सन् २००७ पछि पहिलो पटक ट्याक्सीको भाडा बढाइएको हो।
टोकियोको २३ वटा वडाका साथै मुसाशिनो र मिताका नगरमा ट्याक्सी भाडा बढेको हो ।यि। क्षेत्रहरुमा सामान्य ट्याक्सीको प्रारम्भिक भाडाको माथिल्लो सीमा हालको ४२० येनबाट ८० येन बढाएर ५०० येनमा पुर्याईएको छ। त्यसरछि प्रत्येक माईलेजको लागि अतिरिक्त भाडाको माथिल्लो सीमा पनि प्रत्येक २३३ मिटरको लागि वर्तमान ८० येनबाट प्रत्येक २५५ मिटरको लागि १०० येनमा परिवर्तन भएको छ ।
कोरोना महामारीका कारण ट्याक्सी प्रयोगकर्ता घट्दै गएको र इन्धनको भाडा बढ्न बढेपछि कान्तो क्षेत्र यातायात ब्यूरोले कर्मचारीकोस्वास्थ्यमा सुधार ल्याउनका साथै ट्याक्सी डिस्प्याच एप्लिकेसन र नगदरहित भुक्तानीलाई सपोर्ट गर्ने प्रणाली ल्याउने काम गरिरहेको छ । त्यसका लागि पनि मूल्य समोजन जरुरी रहेको बताईएको छ ।
यातायात ब्यूरोका अनुसार यो महिनाको ११ तारिखसम्म लक्षित क्षेत्रमा सञ्चालन हुने व्यवसायको ९८ प्रतिशतभन्दा बढी कारोबार गर्ने २९५ व्यवसायले परिमार्जित माथिल्लो सीमा भाडादरको आवेदनलाई सूचित गरेका छन् ।ट्याक्सी उद्योगको व्यवसायिक वातावरण थप नाजुक बन्दै गएपछि देशभर ट्याक्सीको भाडा बढ्न थालेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




