ओकिनवा/जापान। यहि नोभेम्बर २० तारिख जापानको ओकिनवामा पहिलो पटक आयोजना हुने नेपाल फेस्टिवल २०२२ को तयारी अन्तिम चरणमा पुगेको छ।
फेस्टिबल आउन केही दिन मात्र बाकी रहदा आयोजक समितिले कार्यक्रमको सबै तयारी पुर्ण भईसकेको जानकारी दिएको हो । ओकिनावामा पहिलोपटक सम्पुर्ण ओकिनावावासी नेपालीको सहकार्य तथा आयोजनामा ओकिनावा कल्चरल एण्ड फूड फेस्टिबल २०२२,’ नेपाल देश एक,पहिचान अनेक ‘भन्ने नारा लाई आत्मसाथ गर्दै नेपाल तथा जापानका बिभिन्न सांस्कृतिक पहिचानका झलक हरु नेपाली खाना , नेपाली रास्ट्रीय तथा परम्परागत पहिरन , सामाग्री प्रदर्शनी सहित नेपालको पर्यटन प्रबर्धन का साथमा सहयोग पुर्याउने उद्देश्य सहित सम्पन्न हुन गइरहेको आयोजक समितिले जनाएको छ ।
बहुसांस्कृतिक,बहुभाषिक, मौलिक मुल्य मान्यता तथा पहिचान सहितको नेपाली समाज लाई जनस्तर मा मजबुतीकरणका लागि र परदेश बाटै नेपालको पर्यटन प्रबर्दनमा एउटा नयाँ आयाम पस्किने उद्देश्यका साथ पहिलो पटक जापानको ओकिनावामा नेपाल कल्चरल एण्ड फूड फेस्टिबल २०२२ सम्पन्न गर्ने उद्देश्य राखिएको आयोजक समितिले जनाएको छ।सोही अनुरुप परदेशमा नेपाल र नेपालीको संस्कृति र संस्कार को पहिचान स्थापना गराउने यो स्वर्णीम अभ्यास र परिक्षा दुबै भएको आयोजक समितिका सदस्य सुबर्ण तमाङ ले जानकारी गराउनुभयो।वहाले अगाडि थप्नु भयो “हाम्रा लागि यो अभ्यास र परिक्षा दुबै हो हेरौ, यो चुनौती पूर्ण प्रयासले कस्तो नतिजा या प्रभाब छोड्छ।
करीब पाँच हज़ार नेपाली रहेको ओकिनावामा सम्पूर्ण नेपालीले आफ्नो अपनत्व महशुश हुने गरि आयोजना गरिएको फेस्टिबल ओकिनावाको उमिसोरा कोएन,नाहामा २० तारीक आइतवार बिहान १० बजेवाट साँझ ६ बजेसम्म आयोजना गरिने भएको छ।कार्यक्रममा स्थानिय संघ संस्था, ब्यवसाय तथा जापानस्थित नेपाली राजदुतावास टोकियोबाट महामहिम राजदुतको उपस्थिती तथा, ओकिताका नाहा शहरका मेयर सहित स्थानिय अधिकारीहरूको सहभागिता रहने बताइएको छ ।आयोजक समितिले फेस्टिबल सम्पन्न गराउन स्पोन्सर तथा सपोर्टरहरु वाट आर्थिक सहयोग लगायत बिबिध सहयोग सल्लाह सुझाब हरु पनि प्राप्त भएकोले थप जिम्मेवार र उत्साहित बनाएको जनाएको छ।फेस्टिवल आयोजक समितीले कार्यक्रमलाई भब्य रुपमा सफल बनाउन व्यापक प्रचार प्रसारको तयारी गरिरहेको जनाउदै बिषेशत ओकिनावा बासी नेपाली हरुलाई साथै जापान बासि नेपाली हरुलाई रास्ट्रको प्रतिष्ठा संग जोडिएको यो कार्यक्रम लाइ सम्पन्न गर्न सहयोग सल्लाह र उपस्थितिको लागि अनुरोध समेत गरेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




