टोकियो/जापान। स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार जापानमा आज(१७ तारिख) ९३ हजार ५ जना मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएतो छ भने देशभरका कुल संक्रमित मध्ये १ सय ३३ जनाको मृत्यु भएको छ।

कोरोना संक्रमण घटेसंगै जनजीवन सामान्य बनाएको जापानमा फेरि कोरोना महामारीको आठौँ लहरले खतराको घण्टी बजाएको छ।अहिले विश्वभरका पर्यटकहरु धमाधम भित्रिन थालेको समयमा फेरि कोरोना संक्रमण बढेमा भर्खर उठ्न खोजेको पर्यटन व्यवसाय पुन धरासयी हुनेछ ।

आज जापानको टोकियोमा एकैदिन,९ हजार ७ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने,दोस्रो नम्बरमा खानागावा प्रिफेक्चरमा ६ हजार १ सय २८ जनामा संक्रमण पुष्टि भएको छ। समग्रमा अघिल्लोदिनको तुलनामा आज प्राय सबै प्रिफ्क्चरहरुमा संक्रमित ह्वात्तै बढेको छ।

आजसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएका र भेन्टिलेटर वा सघन उपचार कक्षमा उपचार गराइरहेका २५८ जना गम्भीर बिरामी रहेको बताईएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार