टोकियो/जापान। जापानी रक्षा मन्त्रालयका अनुसार, जापानको सामुद्रिक सुरक्षा निकायले आज बिहान ११:०७ मा, सम्भावित ब्यालेस्टिक मिसाईल जापानको होक्काईदोको ओशिमा टापुबाट करिब २१० किलोमिटर पश्चिमतिर खसेको अनुमान गरेको छ।

प्रधानमन्त्री किशिदाले आफू भ्रमणमा रहेको थाइल्याण्डमा पत्रकारहरूलाई भने, “उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको र जापानको EEZ (विशेष आर्थिक क्षेत्र) भित्र रहेको होक्काईदोको पश्चिम तर्फ झरेको विश्वास गरिएकोछ छ।”

उत्तर कोरियाबाट सम्भावित ब्यालेस्टिक मिसाइल प्रक्षेपणको प्रतिक्रियामा, जापान कोस्ट गार्डले जापान वरपरको पानीमा क्षतिको पुष्टि गर्न अनुसन्धान अघि बढाएको छ, तर अहिलेसम्म जापानसँग सम्बन्धित कुनै पनि क्षतिका रिपोर्टहरु आएका छैनन् ।

उत्तरकोरियाले यसवर्ष आफ्नो आणविक हतियारको उत्पादन तथा परिक्षणलाई अत्यन्तै तीब्र बनाउँदै आएको छ। हालसम्म मिसाईलका कारण मानविय तथा भौतिक क्षतिहरन नभएता पनि विश्वभर उत्तरकोरियाको आणविक हतियार संचयले संसय थपिदिएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार