टोकियो/जापान। गत वर्षको सोही महिनाको तुलनामा गत महिना जापानभरका कन्विनिएंस स्टोरहरुको बिक्री बढेको छ। यस वर्ष कन्विनिएंस स्टोरहरुको बिक्री बढ्नुमा जापान भित्रिएका पर्यटकहरुको भूमिका रहेको विश्लेषण गरिएको छ।

एक वर्षभन्दा बढी समयदेखि संचालनमा रहेका कन्विनिएंस स्टोरहरूमा कुल बिक्री अक्टोबरमा ९३०.७ बिलियन येन देखिएको छ । जुन गत वर्षको सोही महिनाको तुलनामा ६.९ प्रतिशतले बढी हो।

सर्वेक्षण संकलन गर्ने जापान फ्रेन्चाइज एसोसिएसनले पर्यटनको मागलाई उत्प्रेरित गर्न सरकारले चालेका उपायहरू “राष्ट्रिय यात्रा सहायता,” रिसोर्ट क्षेत्रका कन्विनिएंस स्टोरहरुका फास्टफुड, फ्राईड खानेकुरा, सफ्ट ड्रिंक आदिको बिक्री तीव्र भएको विश्लेषण गरिएको छ ।

अहिलेलाई बिक्री बितरण बढेता पनि जापानमा फेरि बढ्दै गरेको कोरोना संक्रमणले महामारीको रुप लिन्छ या लिँदैन भन्ने कुराले अबको मार्ग तय गर्नेछ । लामो समय कोरोना महामारीको गहिरो प्रभाव परेको जापानको अर्थतन्त्रमा विस्तारै सुधारको संकेत देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार