नागोया/जापान। गत सेप्टेम्बर ३ र ४ तारिख जापानको नागोया शहरमा नेपाल र नेपाली चिनाउने अभियान सहित आयोजना गरिएको नेपाल फेष्टिवल नागोया २०२२ को आयब्याय सार्वजनिक भएको छ। नोभेम्बर १९ तारिख शनिवार नागोयामा एक कार्यक्रम गरि नेपाल फेष्टिवल नागोया २०२२ को आय-ब्याय सार्वजनिक कार्यक्रम सम्पन्न गरिएको हो।

फेष्टिवलबाट २५ लाख ५५ हजार २२१ येन नगद र कबुल गरेर उठ्न बाँकी रहेको ७ लाख येन गरि ३२ लाख ५५ हजार २२१ येन बचत भएको मुल आयोजक समितिले जानकारी गराएको छ । दोस्रो नागोया नेपाल सभ्य र भव्य सहित आर्थिकरुपमा पनि सफल भएको देखिएको छ ।

आयव्ययको सार्वजनिकसंगै नेपाल फेस्टिबल आयोजक मुल समितिले जिम्मेबारी पुरा गर्दै फेस्टिबलको सम्पुर्ण आर्थिक तथा भौतिक सम्पत्ती एनआरएनए नागोया क्षेत्रीय समितिलाई हस्तान्तरण गरेको फेष्टिवल आयोजक समितिका सांस्कृतिक संयोजक तथा एनआरएनए जापानका सचिव श्याम सितलले जानकारी दिए ।

फेस्टिवलमा १ करोड ५ लाख १० हजार १ येन आर्थिक संकलन भएको र पारदर्शीताको लागि सम्पूर्ण हिसाब सार्वजनिक गरिएको छ ।नागोयामा भएको नेपाल फेष्टिवलको हरेक कारोवार बैंकबाट गरिएको र केहि रकम बोलेर पनि नउठेको फेष्टिवलका आर्थिक संयोजक डिलाराम खरेलले बताए। हेर्नुहोस् आयव्यय विवरण

फेस्टिवल आयोजक समितिका संयोजक दिपक कार्कीका अनुसार,नागोयामा दोस्रो पटक सम्पन्न फेस्टिवलमा नेपाली रेस्टुरेन्ट एवं अन्य सेवा प्रदायक तथा व्यवसायिक सहित २७ वटा स्टलहरु राखिएका थियो । एनआरएनए क्षेत्रीय समिति नागोया र नेपाली राजदूतावास टोकियोको संयुक्त आयोजनामा भएको फेस्टिवलमा जापानीहरुले पनि मनोरञ्जन लिएका थिए ।

फेष्टिवलको उद्घाटन प्रमुख अतिथि नेपाल सरकारका पूर्व गृह तथा रक्षा मन्त्री डा.मिनेन्द्र रिजालले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार