फुकुओका/जापान।यहि डिसेम्बर २१ तारिख बुधबार फुकुओकाको हाकातामा,जापानको क्युसु क्षेत्रमा बसोबास गर्ने नेपालीहरु लक्षित लिभिङ सपोर्ट(Living Support Seminar )आयोजना हुने भएको छ।

एनआरएनए क्युस्यु, फुकुओका नेपाल सोसाइटी, हाम्रो नेपाल हामी नेपाली अभियान, नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब, जनजाती महासंघ क्युस्युको संयुक्त आयोजना तथा फुकुओका सिटी, फुकुओका बाणिज्य दुताबास, फुकुओका योकातोपिया जाइदान र फुकुओका अध्यागमन ब्यूरोको सहयोगमा LIVING SUPPORT SEMINAR कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

कार्यक्रममा अध्यागमन (इमिग्रेसन) ब्यूरोबाट बिद्यार्थी भिषा,वर्किङ भिषा, एजुकेन भिषा तथा अन्य भिषाको इन्चार्जहरुबाट भिषा आबेदन र यसका प्रक्रियाका बारेमा जानकारी गराईने छ । त्यस्तै भिषा सम्बन्धि आफ्नो समस्याबारे इमिग्रेसनसंग प्रत्यक्ष प्रश्न गर्न समेत सकिने व्यवस्था गरिएकोछ ।

कोरोनाको कारणले उक्त कार्यक्रममा जम्मा १०० जना मात्र सहभागि गराउन सक्ने हुदा समयमै सहभागीताको लागि गुगल सिट मार्फत आबेदन फारम भर्न अनुरोध गरिएको छ । १०० जना पछि आबेदन आएमा कार्यक्रममा सहभागी गराउन असमर्थ हुने आयोजकले बताएको छ ।

बिस्तृत जानकारी यो पोस्टरमा हेर्नुहोला


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार