जापान। ठण्डी हावाको वायुमण्डलीय चापका कारण,जापानको होक्काईदोदेखि च्युगोकु तथा तोकाई क्षेत्रसम्म पनि हिमपात भईरहेको छ । आज नागोया सहरमा पनि पछिल्लो ३ घण्टाभन्दा बढि समयदेखि हिमपात भईरहेकोछ। नागोया क्षेत्रमा झण्डै १० सेन्टीमीटरजति हिउँ जम्मा भईसकेको छ ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार ठण्डी वायुमण्डलीय चाप जापान नजिकै कडा हुँदैछ, र कडा चिसो हावा प्रवाह भईरहेको छ । मुख्यतया होक्काईदोदेखि जापानको समुद्रको च्युगोकु क्षेत्रसम्म हिउँ पर्नेक्रम जारी छ । आजदेखि तोकाई र अन्य क्षेत्रमा समेत हिउँ पर्न सुरु भएको छ ।

जापान मौसम विज्ञान एजेन्सीले जनाए अनुसार,आज बिहान ११ बजेसम्म यामागाता,निगाता,गिफु,नागानो लगायतका प्रिफेक्चरका केहि स्थानहरुमा बाक्लो हिमपात भईरहेको छ। कतिपय स्थानहरुमा १ मिटरभन्दा धेरै हिउँ जम्मा भईसकेका छन् ।

भोलि २५ तारिख,निगाता क्षेत्रमा थप ८० सेन्टीमीटर जति हिउँ थपिने पुर्वानुमान छ भने,तोहोकु क्षेत्रमा पनि ७० सेन्टीमीटरसम्म हिउँ पर्ने अपेक्षा गरिएको छ। यसका अलवा,कान्तोकोसिन,होकुरिकु,तोउकाई,किन्की,च्युगोकु,क्युसु एवं सिकोकुमा समेत हिउँ पर्ने अनुमान छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार