टोकियो/जापान।टोकियोको तोयोसु मार्केटमा नयाँ वर्षको “पहिलो लिलामी”मा आज (५ तारिख )बिहान आयोजित एक अक्सनमा आओमोरी प्रिफेक्चरको ओमा पोर्टमा अवतरण गरिएको एउटा ब्लुफिन टुना माछा ३ करोड ६० लाख ४० हजार येनमा लिलामी भएको छ ।

टोकियोको कोतो वार्डको तोयोसु मार्केटमा,आज आयोजित यस वर्षको “पहिलो लिलामी”मा एउटा ठूलो टुना माछाको सो रकममा लिलामी भएको हो ।उक्त माछाको तौल २ सय १२ किलो रहेको छ ।

जापान र विश्वभरका बन्दरगाहहरूबाट ल्याइएका ताजा तथा फ्रोजन(जमाईएको)टुना माछा थोक बजारमा पाइन्छन्। अहिले कोरोना पश्चात बजार त्यति सहज छैन । स्थिति कठिन छ , तर माछा उत्पादनमा संलग्न उद्योगले बजारलाई थप विकास गर्न मिलेर काम प्रयत्नस्वरुप यो वर्षको पहिलो बोलकबोल आज आयोजना गरिएको हो ।

तर,यो वर्षको पहिलो लिलामीमा कायम भएको यो मूल्य ऐतिहासिक भने होईन। अहिलेसम्मको सबैभन्दा उच्च मूल्य ओमा, आओमोरी प्रिफेक्चरको टुनाको लागि सन २०१९ मा भएको बोलकबोलमा हालसम्मकै उच्च मूल्य ३३ करोड ३६ लाख येन कायम भएको थियो ।

सन २०१९ मा ३३ करोड ३६ लाखमा बिक्री भएको माछा

जापानमा यस्ता कृषीजन्य उपजहरुलाई प्रवर्द्धन गर्ने उदेश्यले हरेक वर्षका उत्पादन सिजनहरुमा यस्ता बोलकबोलमा मूल्य लगाई बिक्री गरिन्छ । यस्ता बजारमा वस्तुको परिमाण र गुणस्तरका लागि भन्दा पनि उत्पादन तथा बिक्री वितरणमा संलग्न व्यक्तिहरुको सम्मानार्थ ठूला व्यवसायीक घरनाहरुले अत्यन्तै अपत्यारिलो मूल्य तिरी लिलामी गर्न गर्दछन् । यो जापानको एक व्यवसायीक परम्परा र संस्कृति हो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार