टोकियो/जापान। गुल्मेली समाज जापान कान्तो क्षेत्रीय समितिले विपन्न तथा जेहेनदार विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ ।
समाजले,गत सोमबार मदाने गाउँपालिका २ बाँझकटेरीस्थित सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न सात विद्यार्थीलाई ३० हजार रुपैयाँ बराबरको सामग्री वितरण गरेको हो । विद्यार्थीहरुलाई कापी, कलम, झोला, जुत्ता, ट्याकसुट लगायतका शैक्षिक सामग्रीहरू वितरण गरिएको थियो ।
लोकसेवा अधिकृत तहको परिक्षामा देशै भरीमा १५ जना उत्तिर्ण रहँदा ११ जना उत्तिर्ण भएको गाउँको शिक्षालय जहाँ
थप कैयौं राष्ट्रसेवक लब्धप्रतिष्ठित जन्मिउन् देश र समाजको सेवा गरून् भन्ने उदेश्यले गुल्मेली समाज जापान कान्तो क्षेत्रीय समितीले सोहि स्थानको सामुदायिक विद्यालयका अति विपन्न विध्यार्थीहरूलाई सहयोग गरेको बताईएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्र कुँवरले रोजगारीको शिलशिलामा विदेशमा बसेर पनि आफ्नो केही रकम बचाएर विद्यार्थीहरुलाई सहयोग गरेको भन्दै संस्थालाई धन्यवाद् दिएका थिए। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरिता खड्का लगायत बाँझकटेरीका जनप्रतिनिधिहरु,शिक्षाविद् गाउँपालिकाका शिक्षा अधिकृत नारायण पन्थी, बाँझकटेरीस्थित सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहर, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम वडाध्यक्ष माधव भुसालको अध्यक्षता एवं वडा कार्यालयका कर्मचारी डिल्लिराज भट्राईको संचालनमा सम्पन्न भएको थियो भने समाजका प्रतिनिधि प्रकाश ढकालले संयोजन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




