फुकुओका/जापान। जापानको फुकुओका सहरको व्यस्त हाकाता ट्रेन स्टेशन नजिकै हिजो(जनवरी १६ तारिख)साझ धारिलो हतियार प्रहारबाट ज्यान गुम्याउने महिला फुकुओका प्रिफेक्चर भित्रकै एक कम्पनीमा कार्यरत ३८ वर्षिया महिला भएको प्रहरीले पुष्टि गरेको छ।

हिजो साँझ ६ बजेपछि हाकाता स्टेशनको उत्तरपश्चिम गेटबाट करिब २०० मिटर जतिको दुरीमा रहेको सडकमा उनिमाथि अन्धाधुन्ध धारिलो हतियार प्रहार भएको थियो। तत्काल अस्पत्ताल पुर्याईएता पनि उनको उपचारकै क्रममा मृत्यु भएको थियो।

उक्त घटना घटाउने,अन्दाजी ३५ देखि ४० वर्षको जस्तो देखिने पुरुष भने तत्काल घटनास्थलबाट फरार भएको र अझै फेला नपरेको फुकुओका प्रहरीलाई उद्रित गर्दै जापानी संचार माध्यमहरुले खबर छापेका छन्।

साथै, प्रत्यक्षदर्शीहरुका अनुसार, ति व्यक्तिले मृतक महिला माथी पटक छुरा प्रहार गर्यो र ति महिला ढलेपछि पनि माथी चढेर छुरा प्रहार गर्यो।त्यस पश्चात घटना घटाएर तत्काल त्यहाँबाट फरार भयो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार