टोकियो/जापान। जापानको उदाउँदो मोबाईल फोन सेवा प्रदायक कम्पनी राकुतेन मोबाइलका कर्मचारीले ४ अर्ब ६० करोड येन हिनामिना गरेका आशंका संगै कम्पनीका एक व्यवसायिक साझेदार कम्पनी आर्थिक संकटमा परेको छ ।
राकुतेन मोबाईलेले कर्मचारीसँग नजिकको सम्बन्ध भएको व्यवसायिक साझेदारसँगको सम्झौता खारेज गरेपछि, यससँग जोडिएको उप-ठेकेदारको नगद प्रवाह प्रणालीमा समस्या आएको बुझिएको छ ।
गत वर्षको सेप्टेम्बर २ मा राकुतेन मोबाइलले ठगीमा संलग्न भएको अभियोगमा कर्मचारीलाई बर्खास्त गरेको घोषणा गरेको थियो ।सरोकारवालाहरुका अनुसार, कर्मचारीले टोकियोको चियोदामा रहेको निप्पोन लजिस्टिक र मिनातो वार्डमा रहेको ट्रेल नामक दुई लजिस्टिक कम्पनीका कार्यकारीसँग मिलेर परामर्श शुल्कको नाममा राकुतेनमा षड्यन्त्र गरि आर्थिक अपचलन गरेका थिए ।यसरी कर्मचारीसंगको मिलेमतोमा करिब ४ अर्ब ६० करोड आर्थिक अपचलन भएको आशंका गरिएको छ ।
जालसाजी पत्ता लागेको भन्दै, राकुतेनले दुई कम्पनीसँगको लेनदेन रद्द गर्यो र बैंक खाता अस्थायी रूपमा जफत गर्न अदालतमा निवेदन दियो र त्यो अदालतबाट स्वीकृत समेत भयो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




