टोकियो/जापान। जापानमा गत डिसेम्बर महिनाको उपभोक्ता मूल्य सूचकांक (CPI) अघिल्लो वर्षको सोहि अवधीको तुलनामा ४ प्रतिशतले बढेको छ ।

उपभोक्त मूल्य सूचकांकले घरयासी उपभोग गरिएका सामान र सेवाहरूको मूल्यको अवस्थालाई ईंगित गर्दछ।सो सूचकांक डिसेम्बरमा गत वर्षको सोही महिनाको (ताजा खाद्य वस्तु बाहेक) तुलनामा ४ प्रतिशतले वृद्धि भएको हो।

यो ४ प्रतिशतको वृद्दि भनेको ऐतिहासिक रेकर्ड हो ।सन १९८१ पछि ४१ वर्षमा जापानको उपभोक्ता मूल्य सूचकांक यो बिन्दुमा पुगेको हो। मुख्यतया खाद्यान्न, बिजुली र ग्यासको मूल्य बढेको कारणले आम उपभोक्ताहरु जापानमा चर्को महंगीको मारमा परिरहेका छन्।

जापानमा अघिल्लो वर्ष झण्डै २३ हजार घरयासी प्रयोजनका उपभोग्य वस्तु तथा सेवाको मूल्य न्युनतम १० प्रतिशतभन्दा धेरैले वृद्धि भएका थिए। यो क्रम यसवर्षपनि कायम रहने आँकलन गरिएको छ। तेईकोकु डेटा बैंकले यस अघिनै य वर्ष ७ हजार ५ सय वस्तुहरुको मूल्य बढ्ने बजार सर्वेक्षण जारी गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार