टोकियो/जापान। हाईजिमा युथ क्लबले आउँदो मार्च १९ तारिख जापानको टोकियोस्थित फुजीमोरी फुट्सल पार्कमा चौथो हिमालयन गोल्ड कप आयोजना गर्ने तय भएको छ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई ५ लाख योन नगद पुरस्कार सहित तथा प्रमाणपत्र,त्यसैगरी दोस्रो हुने टिमलाई २ लाख येन नगद सहित कप तथा प्रमाणपत्र,तृतीय हुनेलाई १ लाख येन नगद सहित कप तथा प्रमाणपत्र दिईने छ। यसका अलवा अन्य विभिन्न विधामा पुरस्कार दिइने क्लबका अध्यक्ष अखिल लामाले जानकारी दिए ।

आयोजक हाईजिमा युथ क्लबले बिगतमा जस्तै यस क पनि,जापान भरिको खेलप्रेमीलाई समेटेर प्रतियोगिता संचालन गर्नेछ। पटक पनि ३० टिमहरूको सहभागिता हुने विश्वास राखिएको छ । क्लवका सदस्य,नरेन्द्र गोपालीका अनुसार,प्रतियोगितामा सहभागी हुनको लागि ४१ हजार येन दर्ता शुल्क लाग्ने छ । साथै विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा समूहलाई विशेष पुरस्कारको व्यवस्था समेत गरिनेछ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार