टोकियो/जापान। चिनियाँ कम्पनीद्वारा संचालित भिडियो सेयरिङ एप्प टिकटक मार्फत आफ्ना गोप्य सुचनाहरु चिनियाँ सरकार समक्ष चुहावट गरिरहेको आशंका गरिरहेको अमेरिकामा आउँदो मार्चमा टिकटकका प्रमुख कार्यकारी अधिकृतलाई व्यक्तिगत सुचनाहरुको व्यवस्थापन तथा गोपनियताबारे प्रस्ट पार्न बोलाईएको समाचारहरु प्रकाशित भएका छन् ।

विश्वभरका प्रयोगकर्ताहरुमाझ लोकप्रियता बढ्दै गएको टिकटक केहि समययता अमेरिकाको कतिपय राज्यहरुले व्याण्ड गराउँदै आएका छन् भने अमेरिकी सरकार सुरुवातदेखिनै सुचनाको गोपनियता कायम गर्ने विषयमा यस एप माथि नकारात्मक रहँदै आएको छ।

गत वर्षको डिसेम्बरमा, संयुक्त राज्य अमेरिकाले संघीय सरकारको स्वामित्वमा रहेका उपकरणहरूमा टिकटकको प्रयोगमा प्रतिबन्ध लगाउने विधेयक नै पारित गर्‍यो । अमेरिकाले टिकटक मार्फत चिनियाँ सरकारलाई जानकारी चुहावटको चिन्ता बढाएको पटक/पटक दोहोर्याउँदै आएको छ।

अमेरिकी कांग्रेसको एक समितिले ३० तारिखमा एक विज्ञप्ति जारी गर्दै,ग टिकटकको अपरेटिङ कम्पनी, चीनको बाइटडान्सका सीईओले मार्च २३ मा पहिलो पटक सुचनाहरुको गोपनीयतामा कम्पनीलाई हाल अप्नाएको संयत्रबारे जानकारी दिन बोलाईएको छ ।

टिकटकमा चिनियाँ सरकारको कुनै हस्तक्षेप नभएको कम्पनीले निरन्तर दाबी गर्दै आएको छ तर सीईओको बयानले पनि अमेरिकी पक्षबाट रहेको अविश्वास हटाउन सहज नहुने देखिन्छ । यद्यपी कम्पनीको स्पष्टीकरणमा चित्त बुझे अमेरीकी सरकार टिकटकप्रति केहि लचिलो बन्न सक्नेछ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार