टोकियो/जापान। एक २१ वर्षिया चिनियाँ नागरिकलाई एक प्रमुख औषधि पसलको सदस्य साइटमा अवैध रूपमा लगइन गरि,सदस्य भएको बहाना गर्दै, जम्मा भएको प्वाईन्टहरु(पैसाकै मान्यता प्राप्त अंकहरु)को प्रयोग गरी किनमेल गरेको आरोपमा पक्राउ गरिएको छ।

प्रहरीका अनुसार ति व्यक्तिले गत वर्ष, कम्पनीको साइटमा अवैध रूपमा प्रवेश गरि,उक्त घटना घटाएका थिए । महानगरीय प्रहरी विभागले यस आक्रमणमा प्रयोग गरिएको आईडी र पासवर्डहरू जस्ता जानकारीको दुरुपयोग भएको अनुसन्धान गरिरहेको छ ।

महानगरीय प्रहरी विभागका अनुसार गत वर्ष जुलाईमा ओसाका सहरको प्रमुख औषधि पसल “सनड्रग” को एक स्टोरमा साइतामा प्रिफेक्चरमा बस्ने ३० वर्षकी एक महिलाको नक्कल गर्दै गैरकानुनी रूपमा सदस्यता साइटमा लगइन गरी जम्मा भएको रकम(प्वाईन्ट) प्रयोग गरिएको थियो। त्यहाँ जम्मा भएको प्वाईन्ट प्रयोग गरि करिब ७० हजार येन मूल्यको लोशन लगायतका सामान खरिद गरि ठगी गरेको आशंका गरिएको छ ।

जापानमा पछिल्ला दिनहरुमी यस्ता अनलाईन ठगि तथा जालसाजीका घटनीहरु बढिरहेका छन् । तपाई पनि अनलाई पेमेन्ट एप्सहरु प्रयोग गर्नुहुन्छ भने,सतर्कता अप्नाउनु होला।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार