टोकियो/जापान। गत महिनाको अन्त्यमा, टोकियोको चोफु शहरको एक रेस्टुरेन्टमा खाना खाने ६३ जनाले ग्राहकहरुले वाकवाकी र बान्ता जस्ता लक्षणहरू देखिएको भन्दै उजुरी गरेपछि, जनस्वास्थ्य केन्द्रले अनुसन्धान गर्दा नोरोभाइरसका कारण सामूहिक खाद्य विषाक्तता भएको पुष्टि भएको छ। टोकियो महानगरपालिका सरकारले उक्त रेस्टुरेन्टलाई आज (७ तारिखदेखि) ३ दिनका लागि बन्द गर्ने निर्देशन दिएको छ।

यसरी सेवा बन्द गरि,मापदण्ड पुरा गर्ने निर्देशन दिईएको रेस्टुरेन्ट चोफु सिटीको शिरोगाने-तेई नामक रेस्टुरेन्ट भएको एनएचकेले जनाएको छ ।

महानगरपालिकाका अनुसार गत महिनाको ३० तारिखमा त्यस रेस्टुरेन्टमा खाना खाएका एक व्यक्तिले वान्ता हुने तथा वाकवाकी लाग्ने जस्ता लक्षण देखिएपछि नगरको जनस्वास्थ्य केन्द्रमा सम्पर्क गरेका थिए ।

जनस्वास्थ्य केन्द्रले गरेको अनुसन्धान अनुसार २८ र २९ तारिख यस रेस्टुरेन्टमा खाना खाने ६३ जनामा ​​यस्तै लक्षण देखिएको र तीमध्ये ३८ जनामा ​​नोरोभाइरस फेला परेको हो ।महानगरीय सरकारले खानामा विषाक्तता नोरोभाइरसका कारण भएको निष्कर्ष निकाल्दै तत्काल ३ दिनका लागि रेस्टुरेन्ट बन्द गर्न निर्देशन दिएको हो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार