टोकियो/जापान।जापानी रक्षा मन्त्रालयका अनुसार आज बिहान उत्तरकोरियाले फेरि २ वटा व्यालेस्टिक मिसाईल प्रक्षेपण गरेको छ।

रक्षा मन्त्रालयले आज बिहान ७ बजेतिर उत्तर कोरियाबाट दुईवटा ब्यालेस्टिक मिसाईल प्रहार गरेको घोषणा गरेको हो । मन्त्रालयका अनुसार दुवै मिसाईलहरु जापानको EEZ (विशेष आर्थिक क्षेत्र) बाहिर खसेको अनुमान गरिएको छ । यस अघि १८ तारिख प्रक्षेपण गरेको आईबिएम भने जापानको विशेष आर्थिक क्षेत्र भित्र पर्ने होक्काईदोबाट करिब २ हजार किलोमिटर पर खसेको थियो ।

हालसम्म,मिसाईलका कारण सामुद्री  डुंगा  तथा जहाजहरुमा कुनै पनि क्षतिको रिपोर्ट प्राप्त भएको छैन। अहिले जापानी कोस्ट गार्ड तथा दक्षिण कोरियाली नौसेनाहरुले उक्त मिसाईलको प्रभाव तथा त्यसको समग्र असर एव सम्भावित जोखिमबारे सुचनाहरु संकलन गरिरहेको छ ।

गतवर्षको नोभेम्बर पछि केहि शान्त देखिएको उत्तरकोरियाको आणविक परिक्षण यहि फेब्रुअरी १८ तारिखबाट पुनः अघिल्लो वर्षकै रफ्तारमा अघि बढ्ने संकेत देखिएको छ। अघिल्लो वर्ष अमेरिका,जापान,दक्षिणकोरिया तथा अस्ट्रेलिया जस्ता शक्ति राष्ट्रको एलाईन्सका बिरुद्ध उत्तर कोरियाले पटक/पटक आफ्नो आणविक शक्ति प्रदर्शन गर्दै परिस्थिती अनुकुल बनाउने प्रयत्न गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार