टोकियो/जापान। गलकोट स्पोर्ट्स क्लब टोकियो जापानले आफ्नो नवौ वार्षिकोत्सवको अवसरमा अप्रिल १० तारिख आठौ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२३ गर्ने भएको छ ।
महासचिव हिमाल कंडेलका अनुसार “स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद” भन्ने मान्यता राखेर स्थापना भएको क्लबले वार्षिक रूपमा गर्दै आएको खुल्ला पुरुष भलिबल प्रतियोगिता अप्रिल १० तारिक सोमबारका दिन टोकियोको ओता कु सोउगो ताइइकुकानको कामतामा गर्न लागिएको हो ।
नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेर पनि संरक्षण प्रवर्द्धन र खेलाडी र खेलको विकासका लागि क्लवले विगत देखि नै निरन्तर रूपमा प्रतियोगिता संचालन गर्दै आएको छ।
प्रतियोगिता आयोजनाका लागि मंगलबार बसेको कार्यसमितिको बैठकले कार्यक्रम मुल आयोजक समितिको संयोजकको जिम्मेवारी कार्यसमितिका अध्यक्ष डिलाराम निउरेलाई प्रदान गरेको छ। त्यसै गरि कोषाध्यक्ष रमेश कुमार खत्रीलाई आर्थिक संयोजक, खेल संयोजक गणेश खत्रीलाई खेल सामाग्री तथा खेलाडी ब्यबस्थापन संयोजक,प्रचार प्रसार संयोजकमा महासचिव हिमाल कडेल, स्वयंसेवक तथा अतिथि ब्यवस्थापन संयोजकमा उपाध्यक्ष प्रकाश निउरे र हल व्यवस्थापनमा वरिष्ठ उपाध्यक्ष दुर्गा बहादुर खत्रीलाई जिम्मेवारी प्रदान गरिएको सचिव दिनेश थापाले जानकारी दिए।
प्रतियोगितामा प्रथम हुने समूहलाई नगद ३ लाख २९ हजार ९ सय ९९ येन नगद, रनिंग सिल्भर कप ट्रफी, मेडल र प्रमाण-पत्र, द्वितीय हुनेलाई नगद २ लाख २९ हजार ९ सय ९९ येन नगद, ट्रफी, मेडल र प्रमाण-पत्र तथा सेमिफाइनलिष्ट दुई समूहलाई सान्त्वना पुरस्कार स्वरूप ५५ हजार ५ सय ५५ येन र प्रमाण-पत्र प्रदान गरिने बताईएको छ ।
यसका साथै प्रतियोगितामा बेष्ट प्लेयर, बेष्ट स्पाईकर, बेष्ट ब्लकर, बेष्ट सेटेर, बेष्ट डिफेण्डेर, बेष्ट लिफ्टर र बेष्ट कोचलाई सम्मान पत्रद्वारा सम्मान गरिने बताईएको छ ।
प्रतियोगितामा अफिसियल सहित १२ खेलाडीको सहभागिता रहन सक्ने र खेल प्रचलित नियम अनुसार नक-आउट सिस्टममा नेपाली रेफ्री द्वारा संचालन गरिने बताईएको छ । खेल टोकियोको कामाता स्पोर्ट्स सेन्टरमा बिहान ९ बजे देखि खेल संचालन हुने र खेलमा सहभागिताको लागि प्रवेश शुल्कको रूपमा प्रति समूह ४० हजार येन तोकिएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




