टोकियो/जापान। प्रमुख अमेरिकी आईटी कम्पनी मेटाका सीईओ जुकरबर्गले १९ तारिख बताए अनुसार अब फेसबुकमा एकाउन्ट भेरिफाईड गर्दा शुल्क लाग्ने प्रणालीलाई कार्यन्वयन गरिने भएको ।

फेसबुक एकाउन्ट व्यक्तिको आफ्नै हो भनेर प्रमाणित गर्न यसै सातादेखी नै सशुल्क प्रमाणीकरण चिन्ह लागू गर्ने बताईएको छ ।

जुकरबर्गले भनेका छन् – यस अनुसार, यस हप्तादेखि, हामी फेसबुक वा इन्स्टाग्राम खाता व्यक्तिको हो भनेर प्रमाणित गर्न सरकारले जारी गरेको पहिचान जस्तै सवारी चालक अनुमतिपत्र प्रयोग गर्ने सशुल्क प्रमाणीकरण चिन्ह प्रस्तुत गर्नेछौं।यदि तपाइँ वेबसाइटबाट आवेदन गर्नुहुन्छ भने शुल्क लगभग १२ डलर प्रति महिना हुनेछ । यदि तपाई आईफोन एप मार्फत आवेदन गर्नुहुन्छ भने लगभग १५ डलर प्रति महिना हुनेछ।

यो सर्वप्रथम अष्ट्रेलिया र न्यूजील्याण्डमा सुरु हुनेछ र त्यसपछि अन्य देशहरूमा विस्तार हुनेछ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार