सिजुओका/जापान। जापानको सिजुओका प्रिफेक्चरस्थित हामामाचु सहरको एक सामुद्रिक किनारमा एउटा विशाल अनौठो धातुको बल(गोलाकार वस्तु)फेला परेको छ ।

उक्त वस्तु झण्डै ५ फिट चौडाई भएको एउटा रहस्यमय फलामको बल जस्तो देखिएको जापानी संचार माध्यमहरुले जनाएका छन्। बेलाबखत अझै विश्वयुद्धको समयमा विष्फोट नभएका बमहरु फेला परिरहने जापानमा यो विशाल धातुको डल्लो बम नै हो या अन्य वस्तु भन्ने बारे सुनिश्चित गर्न प्रहरीले यसको जाँच गरिरहेको भिडियोहरु सार्वजनिक भएका छन् ।

हाल,प्रहरीले यो बल बम नभएको पुष्टि गरिसकेको छ , तर यो के हो भन्नेबारे अझै केहि ठोस जानकारी प्राप्त हुन सकेको छैन । खोक्रो र बालुवा रंगको यो अचम्मको गोलाकारले स्थानीय र सामाजिक सञ्जाल प्रयोगकर्तालाई छक्क पारिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार