टोकियो/जापान ।नेपाल पत्रकार महासंघ जापान शाखाले मार्च १२ तारिख आफ्नो ११औं वार्षिकोत्सव मनाउने भएको छ ।उक्त अवसरमा शुभकामना आदान-प्रदानसंगै संस्थापकहरुलाई मायाको चिनो प्रदान गरि सम्मान समेत गरिने तय भएको छ।

नेपाल पत्रकार महासंघ जापान शाखा सन् २०११ मार्च १३ मा जापानको राजधानी टोकियोमा पत्रकार तिलक मल्लको सभापतित्वमा स्थापना भएको थियो ।

स्थापनाको अवसरमा यस वर्ष पत्रकार महासंघ जापान शाखाले जापानमा रहेका सबै पत्रकारहरुसंगै नेपाली दूतावास, एनआरएनए तथा विभिन्न नेपाली संघ-संस्थाका पदाधिकारीहरुलाई निमन्त्रणा गरि यही मार्च महिनाको १२ तारिख टोकियोमा शुभकामना आदान-प्रदान तथा संस्थापकहरुलाई सम्मान कार्यक्रम आयोजना गर्न लागिएको महासंघ जापानका अध्यक्ष शान् कुमार पहरीले जानकारी दिए

महासंघ जापान शाखाका सचिव राजन गौतमका अनुसार,पुराना तथा नयाँ पुस्ताका पत्रकारहरुबीच निकटता बढाउँदै अग्रजहरुको योगदानलाई कदर गर्ने संस्कारको विकास गर्नका लागि संस्थापकहरुको सम्मान कार्यक्रम आयोजना गरिएको हो।

स्थापना दिवस टोकियोको गोतान्दामा अवस्थित माया हलमा यहि मार्च १२ तारिख दिउँसो ठीक २ बजेबाट सुरु हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार