टोकियो/जापान। अर्को महिनादेखि, जापान सरकारले आयातित गहुँ मिलिङ कम्पनीहरूलाई बेच्ने मूल्य ५.८ प्रतिशतले वृद्धि हुने भएको छ । रुसद्वारा गरिएको युक्रेनमाथीको आक्रमणका कारण गहुँ उत्पादन तथा आयातमा लागत बढेकाले मूल्यवृद्धि हुने भएको हो।

जापानमा खपत हुने गहुँको करिब ९०% आयात गरिन्छ र स्थिर आपूर्ति सुनिश्चित गर्न सरकारले थोकमा खरिद गरी मिलिङ कम्पनीहरूलाई बेच्ने गर्छ। हरेक वर्ष अप्रिल र अक्टोबरमा प्रत्येक छ महिनामा बिक्री मूल्यको समीक्षा गर्ने गरिन्छ । तर युक्रेनमा रूसको सैन्य आक्रमणका कारण खरिद मूल्य बढेकाले सरकारले गत अक्टोबरमा मूल्य समीक्षा गरेन र मूल्यलाई स्थिर राख्यो ।

यस वर्षको अप्रिलमा समीक्षा गर्दा कृषि, वन तथा मत्स्य मन्त्रालयले युक्रेन माथीको आक्रमणका कारण मूल्य बढेको अवधि बाहेक पछिल्लो आधा वर्षको खरिद मूल्य गणना गर्दा तुलनात्मक रूपमा सामान्यस्तरमा रहेको पाइएको थियो । तर अहिले पछिल्लो आँकडाहरुको विश्लेषण गर्दा ५.८ प्रतिशतको वृद्धि रहेको र अर्को महिनादेखि सोही मूल्यमा बेच्ने बताईएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार