ओसाका/जापान। सन २०२५ मा ओसाकामा कान्साई एक्स्पोमा प्रयोग गर्ने लक्ष राखिएको,जापानको पहिलो उड्ने कारको यतिखेर विभिन्न व्यवहारिक परिक्षहरु गरिँदैछ।

यसैक्रममा आज,१४ तारिख ओसाका क्यास्टलको पार्किङमा,चालक सहित सफल उडान परिक्षण गरिएको छ। झट्ट हेर्दा ड्रोन जस्तो देखिने,यस आविस्कारलाई जापानले उड्ने कार नाम दिइ सोहि अनुसार प्रवर्द्धन गरिरहेको छ।

“फ्लाइङ कार” भनेको ड्रोनजस्ता प्रविधि प्रयोग गरेर उड्ने विद्युतीय सवारी साधन हो । यो अर्को वर्ष ओसाका/कान्साई एक्स्पोमा यिनिहरूलाई व्यापारिकरण गर्ने लक्ष्य राखिएको छ।

आज , प्रमुख व्यापारिक कम्पनी मारुबेनीद्वारा ओसाका क्यास्टल पार्कमा परीक्षण उडान गरेको हो।मारुबेनी सन २०२५ मा हुने एक्स्पो स्थलमा “उडान कार” सञ्चालन गर्ने अपरेटरहरू मध्ये एकको रूपमा छन भएको कम्पनी हो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार