टोकियो/जापान। जापानको कामतास्थित नेपाली रेस्टुरेन्ट चौतारोको कार्यक्रम हलमा नेपाल जापान सांस्कृतिक महोत्सव हुने भएको छ।

यहि मार्च २६ र २७ तारिख,नेपालका ख्यातीप्राप्त कलाकारहरु,शैलेन्द्र सिमखडा,गायक रबि ओड,कलाकार तथा पाईलट बिजय लामा,कृष्ण कँडेल तथा ईन्द्रेणी टिमको संयुक्त उपस्थितिमा कार्यक्रम आयोजना गरिन लागेको जापान संयोजक चौतारो ग्रुपका अध्यक्ष केशव अधिकारीले बताए।

२ दिनसम्म चल्ने नेपाल जापान सांस्कृतिक महोत्सव तथा हेराल्ड अवार्ड कार्यक्रममा नेपालबाट दर्जन बढि कलाकारहरु आउने बताईएको छ। जापान संयोजक चौतारो ग्रुपका अनुसार,नेपाली कलासंस्कृतिलाई जापानी समुदायमा समेत प्रवर्द्धन गर्ने उदेश्यले जापानी अतिथिहरुको पनि उल्लेख्य उपस्थिति रहने तयारी गरिएको छ।

हेराल्ड मिडियाको आयोजनामा हुने यस कार्यक्रमलाई चलचित्र विकास बोर्डको सहयोग रहेको छ। जापानमा अत्यन्तै उत्साहजनक माहोल देखिएको चौतारो ग्रुपका अध्यक्ष,केशव अधिकारीले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार